आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

बंगलादेशमा पर्यटन प्रवर्द्धन गर्न समझदारी पत्रमा हस्ताक्षर

images
बिहीबार , असार ७ २०८०
images
images
बंगलादेशमा पर्यटन प्रवर्द्धन गर्न समझदारी पत्रमा हस्ताक्षर
images
images

काठमाडौं- ढाकास्थित होटल सेराटनमा पर्यटन प्रवर्द्धन तथा बीटुबी कार्यक्रम सम्पन्न भएको छ। होटल संघ नेपालको आयोजनामा नेपाल पर्यटन बोर्ड र बंगलादेशस्थित नेपाली राजदूतावासको सहयोगमा जुन २१ मा सो कार्यक्रम सम्पन्न भएको हो।

images
images
images

कार्यक्रममा बंगलादेशका विभिन्न सहरका प्रतिष्ठित संघ संस्था तथा ९० भन्दा बढी पर्यटन व्यवसायीहरुको उपस्थितिमा होटल संघ नेपालको नेपाली प्रतिनिधिमण्डलका २४ होटल सदस्यहरुले बीटुबी कार्यक्रम सम्पन्न गरेका हुन्।

images
images

सो अवसरमा सम्बोधन गर्दै प्रतिनिधिमण्डललाई नेतृत्व गर्ने होटल संघका अध्यक्ष विनायक शाहले यस कार्यक्रमबाट बंगलादेशबाट नेपाल आउने पर्यटकको संख्या बढावा पुग्ने विश्वास व्यक्त गरे।

images
images
images

कार्यक्रममा बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारी, बंगलादेशका पर्यटन मन्त्रालयका अतिरिक्त सचिव, बंगलादेश पर्यटन बोर्डका निर्देशकले, विभिन्न पर्यटनसँग सम्बन्धित  छाता संगठन, सरकारी अधिकारीहरू र सार्क मुलुकको प्रतिनिधित्व गर्ने पत्रकारहरूको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा होटल संघ नेपाल (हान) र बंगलादेश इन्टरनेशनल होटल एसोसिएसन (बिहा) बीच पर्यटन प्रवर्द्धन र दुवै मुलुकमा आतिथ्य क्षेत्रको विकासका लागि सहकार्यका लागि अवसर खोज्न बुधबार समझदारीपत्रमा हस्ताक्षर भएको छ। दुवै संस्थाका तर्फबाट हानका अध्यक्ष विनायक शाह र बिहाका अध्यक्ष एचएम हकिम अलीले हस्ताक्षर गरेका हुन्।

बंगलादेशी पर्यटकमाझ नेपालको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै देशको पर्यटन प्रवर्द्धन गर्न होटल एसोसिएसन नेपाल (हान) का अध्यक्ष विनायक शाहको नेतृत्वमा २४ सदस्यीय होटल व्यवसायीको टोली सोमबार बंगलादेश आएको हो। 


प्रकाशित : बिहीबार , असार ७ २०८००६:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend