आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

यी ११ जिल्लाका नदीहरुमा आज पानीको बहाब बढ्न सक्ने

images
बिहीबार , असार ७ २०८०
images
images
यी ११ जिल्लाका नदीहरुमा आज पानीको बहाब बढ्न सक्ने
फाइल तस्बिर

आगामी तीन दिन कमला, कन्काई, कोशी, नारायणी, बागमती पूर्वी राप्ती कर्णाली पश्चिम सेती महाकाली बबई र यसका सहायक नदीहरुमा जलसतह सतर्कता तहभन्दा तलै रहे पनि बढ्दो हुने रहेकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। 

images
images

काठमाडौं- आगामी तीन दिन देशका अधिकांश प्रमुख तथा मझौला नदीहरुमा बहाब सामान्य बढ्ने तर सतर्कता तहभन्दा तलै रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।

images
images
images

नदी तटीय क्षेत्रहरूमा सामान्य सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।

images
images

महाशाखाका अनुसार बिहीबार बैतडी, डडेल्धुरा, डोटी, लमजुङ, पाल्पा, नवलपरासी पश्चिम, दोलखा, सिन्धुपाल्चोक, सोलुखुम्बु, ओखलढुंगा, पाँचथर र आसपास भई बग्ने केही स-साना नदीहरुमा बहाव बढ्न सक्ने छ।

images
images
images

शुक्रबार गण्डकी प्रदेशको पहाडी भू-भाग तथा लुम्बिनी प्रदेश भई बहने केही स-साना नदीहरुमा बहाव बढ्न सक्ने अनुमान छ। यस्तै गण्डकी प्रदेशको बागलुङ, पर्वत, स्याङ्जा, कास्की, लमजुङ र तनहुँ जिल्लाका केही स-साना नदीहरुमा आकस्मिक बहावको जोखिम रहने महाशाखाले जनाएको छ। साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भाग भई बहने केही नदीहरुमा पनि भोलि बहाव बढ्न सक्ने पूर्वानुमान छ। 

शनिबार गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागका नदीहरुमा बहाव बढ्न सक्ने महाशाखाको अनुमान छ। 

आगामी तीन दिन कमला, कन्काई, कोशी, नारायणी, बागमती पूर्वी राप्ती कर्णाली पश्चिम सेती महाकाली बबई र यसका सहायक नदीहरुमा जलसतह सतर्कता तहभन्दा तलै रहे पनि बढ्दो हुने रहेकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। 


प्रकाशित : बिहीबार , असार ७ २०८००५:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend