आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

शून्य समय : सिमरनगढलाई विश्व सम्पदा सूचीमा समावेश गर्नदेखि दैलेख जाने बाटोलाई फराकिलो बनाउनसम्मका माग

images
बुधबार, असार ६ २०८०
images
images
शून्य समय : सिमरनगढलाई विश्व सम्पदा सूचीमा समावेश गर्नदेखि दैलेख जाने बाटोलाई फराकिलो बनाउनसम्मका माग

सांसद अमृतलाल राजवंशीले चिया बगानका श्रमिकलाई उचित पारिश्रमिकको व्यवस्था गर्नुपर्ने माग गरे।

images
images

काठमाडौं- बाराको सिमरनगढलाई विश्व सम्पदा सूचीमा समावेश गर्न माग गरिएको छ। प्रतिनिधिसभाका सांसद अच्युतप्रसाद मैनालीले बुधबारको बैठकको शून्य समयमा बोल्दै सो माग गरेका हुन्।

images
images
images

'बाराको सिमरनगढ एतिहासिक, पुरातात्विक र सांस्कृतिक नगरी हो, विसं १३८१ मा राजा हरिसिंह देवलाई दिल्लीका बादशाह गयासुद्धिन तुग्लकले आक्रमण गरेपछि साम्राज्य ध्वस्त हुन पुग्यो', सांसद मैनालीले भने, अहिले विगत छ वर्षको अन्तरालमा पोखरी खन्ने क्रममा श्रीकृष्ण र स्वामिनारायणको मन्दिर, एक हजारवर्षभन्दा पुराना पुरातात्विक संरचना फेला परेको छ। त्यसैले संरक्षित क्षेत्र घोषणा गरियोस्।'

images
images

सांसद अञ्जनी श्रेष्ठले चितवनको राष्ट्रिय निकुञ्ज आसपासमा बसोबास गर्ने मानिसलाई वन्यजन्तुले आक्रमण गर्ने गरेको भन्दै सरकारको ध्यानाकर्षण गराइन्। सांसद अनिता देवीले अनागरिकलाई जतिसक्दो चाँडो नागरिकताको व्यवस्था गर्नुपर्ने माग गरिन्।

images
images
images

सांसद अनिसा नेपालीले दूध तथा दुग्धजन्य पदार्थलाई व्यवस्थित गर्न सरकारको ध्यानाकर्षण गराइन्। सांसद अब्दुल खानले संविधानमा भएको मौलिक हकको कानुन नबन्दा महिला, दलित, मधेसीलगायत उत्पीडित समुदाय मारमा पर्ने गरेको भन्दै मौलिक हकको कानुन बनाएर लागु गर्नुपर्नेमा जोड दिइन्।

सांसद अमरबहादुर थापाले सुर्खेत हुँदै दैलेख जाने बाटोलाई थप फराकिलो बनाउँदै व्यवस्थित गर्नुपर्ने बताए। सांसद अमरेशकुमार सिंहले विगत केही दिनदेखि नागरिकता नपाएको जन्मसिद्धको छोराछोरी माइतीघर मण्डलामा धर्नामा बसेका धर्नाकर्मीप्रति सरकारले दमन गरेको भन्दै विरोध जनाए।

सांसद अमृतलाल राजवंशीले चिया बगानका श्रमिकलाई उचित पारिश्रमिकको व्यवस्था गर्नुपर्ने माग गरे। सांसद अर्जुन नरसिंह केसीले गुठी र विर्ता जग्गाको समस्या समाधान गर्न सरकारलाई आग्रह गरे।

सांसद अशोककुमार चौधरीले कृषि क्षेत्रमा कृषकले भोग्दै आएको मल, बीउ, लगायतका समस्या समाधानमा सरकारको ध्यानाकर्षण गराए। सांसद आश्माकुमारी चौधरीले नेपालको कषि क्षेत्रलाई आधुनिकिकरण र यान्त्रिकरण गर्नुपर्नेमा जोड दिइन्। उनले भनिन्, 'जता पनि भ्रष्टाचार नै भ्रष्टाचार छ, किसानले समयमा मल र बीउ पाउन सकेका छैनन्, सरकारले पनि त्यसतर्फ चासो दखाएको छैन।'

सांसद ईश्वरबहादुर सिजालले दोलखा जिल्ला गौरीशंकर गाउँपालिका-१ बेदिङमा टेलिकमको टावर स्थापनाको माग गरे। सांसद ईश्वरी घर्तीले रोल्पा जिल्लाका धार्मिकस्थललाई पर्यटकीय क्षेत्रको रुपमा घोषणा गर्नुपर्ने माग गरे।

सांसद ईश्वरीदेवी न्यौपाने, सांसद अरुणकुमार चौधरी, अमृतादेवी अग्रहरी, अमरबहादुर रायमाझीले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए। रासस


प्रकाशित : बुधबार, असार ६ २०८००८:३५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend