आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

बाढीपहिरोले मुहान बगाउँदा ताप्लेजुङमा खानेपानीको समस्या

images
बुधबार, असार ६ २०८०
images
images
बाढीपहिरोले मुहान बगाउँदा ताप्लेजुङमा खानेपानीको समस्या

निरन्तर वर्षासँगै आएको बाढीपहिरोले खानेपानी आयोजनामा क्षति पुर्‍याउँदा सर्वसाधारण दूषित खानेपानी पिउन बाध्य छन्।

images
images

फुङ्लिङ- बाढीपहिरोले मुहान बगाएपछि ताप्लेजुङको विभिन्न गाउँमा अहिले खानेपानी समस्या भएको छ। निरन्तर वर्षासँगै आएको बाढीपहिरोले खानेपानी आयोजनामा क्षति पुर्‍याउँदा सर्वसाधारण दूषित खानेपानी पिउन बाध्य छन्।

images
images
images

खानेपानीको पाइप, धार र पानीको स्रोतसमेत बाढीपहिरोले बगाउँदा ताप्लेजुङको सिदिङवा गाउँपालिका-७ सुरूमखिम गाउँमा सर्वसाधरणले दूषित खानेपानी पिउन बाध्य भएका छन्। पहिरोको कारण खानेपानीको मुहानमा क्षति पुगेको तथा बाढीका कारण खानेपानीको करिब दुई किलोमिटर पाइप बगाएकाले शुद्ध पानी खान समस्या भएको स्थानीयवासीको भनाइ छ।

images
images

बाढीपहिरोले खानेपानीको मुहान अङ्गुवा खोला र थाढे खोलाको मुहानमा ३० भन्दा धेरै ठाउँमा पहिरोले क्षति पुर्‍याएकाले खानेपानीको समस्या आएको थाढे खोला खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष भीष्माराज लिम्बूले बताए। उनले भने, 'अहिले खानेपानी वितरण पूर्णरुपमा बन्द भएको छ। खानेपानीको मुहान बगाएको छ। केही खानेपानीका संरचानमा पूर्णरुपमा क्षति गराएकाले अहिले खानेपानी आपूर्तिमा समस्या भएको छ।'

images
images
images

बाढीपहिरोले सुरुम खिमका केराबारी, बुरुमखिम र टारी विभिन्न खानेपानीको पाइप बगाउँदा करिब दुई सय ९० घरपरिवार खानेपानीबाट  प्रत्यक्ष प्रभावित भएको बालकल्याण माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष विदुर गुरुङले बताए।

मेरिङदेन गाउँपालिकासमेत खानेपानीको समस्या हुँदै आएको छ। खानेपानी आयोजनाको संरचना बाढीपहिरोले बगाएपछि खाने पानीको समस्या भएको गाउँपालिकाले जनाएको छ। खानेपानीको पाइप, मुहान तथा ट्यांकीसमेत बगाउँदा ७४ घरपरिवार खानेपानीबाट वञ्चित भएको मेरिङदेन गाउँपालिकाका विपद् व्यवस्थापन समितिले जनाएको छ। रासस


प्रकाशित : बुधबार, असार ६ २०८००८:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend