आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

२० मेगावाटको बलेफीमा कुमारी बैंकको अगुवाइमा साढे ३ अर्ब ऋण लगानी, वार्षिक ६२ करोडको बिजुली बेच्ने

images
बुधबार, असार ६ २०८०
images
images
२० मेगावाटको बलेफीमा कुमारी बैंकको अगुवाइमा साढे ३ अर्ब ऋण लगानी, वार्षिक ६२ करोडको बिजुली बेच्ने

आयोजनाबाट वर्षायाममा ७ करोड २६ लाख ८४ हजार युनिट अर्थात् ३४ करोड ८८ लाख रूपैयाँ र हिउँदमा ३ करोड २६ लाख २१ हजार युनिट अर्थात् २७ करोड ४० लाख रूपैयाँ गरी ६२ करोड रूपैयाँ बराबरको ऊर्जा उत्पादन हुनेछ।

images
images

काठमाडौं- २० मेगावाट क्षमताको तल्लो बलेफी जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ। साझा पावर डेभलपमेन्ट प्रालिले प्रवर्द्धन गरिरहेको आयोजनामा कुमारी बैंकको अगुवाइमा ऋण लगानी सम्झौता भएको हो।

images
images
images

सिन्धुपाल्चोकको बलेफी खोलामा निर्माण हुने २० मेगावाटको आयोजनाको अनुमानित लागत ४ अर्ब ४० करोड रूपैयाँ रहेको छ। ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्‍वपुँजीमा निर्माण हुने आयोजना यही असारबाटै निर्माणमा जाने कम्पनीका प्रबन्ध सञ्चालक कुवेर मणि नेपालले जानकारी दिए।

images
images

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का कार्यसमिति सदस्यसमेत रहेका नेपालले निर्माण सुरु गरेको दुई वर्षमा आयोजनाबाट विद्युत उत्पादन हुने जानकारी दिए।

images
images
images

वर्षायाममा ४ रूपैयाँ ८० पैसा र हिउँदमा ८ रूपैयाँ ४० पैसा प्रति युनिटका दरले विद्युत खरिदबिक्री सम्झौता भएको आयोजनाले वार्षिक १० करोड ५३ लाख युनिट विद्युत उत्पादन गर्नेछ।

आयोजनाबाट वर्षायाममा ७ करोड २६ लाख ८४ हजार युनिट अर्थात् ३४ करोड ८८ लाख रूपैयाँ र हिउँदमा ३ करोड २६ लाख २१ हजार युनिट अर्थात् २७ करोड ४० लाख रूपैयाँ गरी ६२ करोड रूपैयाँ बराबरको ऊर्जा उत्पादन हुनेछ।

असार ५ गते भएको वित्तीय व्यवस्थापनमा आयोजनाका तर्फबाट कम्पनीका अध्यक्ष सञ्जिव न्यौपाने र प्रबन्ध सञ्चालक कुवेरमणि नेपाल तथा बैंकका आयोजना लगानी प्रमुख भुषण तण्डुकारले हस्ताक्षर गरेका छन्।

रिडी पावर कम्पनीले मुख्य लगानीमा निर्माण हुने आयोजनामा कुमारी बैंकले १ सय ५० करोड रूपैयाँ ऋण लगानी गर्ने प्रतिबद्धता जनाएको छ। बाँकी १ अर्ब ८० करोड रूपैयाँ ऋण लगानीका लागि कुमारी बैंकले नै अन्य बैंकसँग प्रस्ताव गर्ने छ।


प्रकाशित : बुधबार, असार ६ २०८००७:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend