बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

डेटा सेन्टरमा बिजुली अनियमित हुँदा सरकारी वेबसाइट डाउन

मंगलबार, असार ५ २०८०
डेटा सेन्टरमा बिजुली अनियमित हुँदा सरकारी वेबसाइट डाउन

वेबमै आधारित अत्यावश्यक सेवा हुने निकायलाई भने दिउँसोदेखि नै म्यानुअल काम गर्न सुझाव दिइएको र सोही अुनसार भइरहेको उनले बताए। विमानस्थल तथा अध्यगमनमा सोहीअनुसार सल्ला दिइएको उनको भनाइ छ। 

काठमाडौं-  सरकारी वेबसाइट डाउन भएका छन्। आज बेलुकादेखि जीओभी डट एनपी डोमेनका सबै वेबसाइट डाउन भएका हुन्। 

सरकारी वेबसाइटको सर्भर होस्टिङ भएको राष्ट्रिय सूचना प्रविधि केन्द्रको डेटा सेन्टरमा बिजुली आपूर्ति अनियमित हुँदा वेबसाइट डाउन भएका हुन्। 

नेपाल सरकारले एकीकृत डेटा सेन्टरकै प्रणाली अवरुद्ध भएपछि सरकारी वेबसाइट डाउन भएको राष्ट्रिय सूचना प्रविधि केन्द्रका कार्यकारी निर्देशक प्रदीप पौडेलले जानकारी दिए। 

‘बिहानैदेखि बिजुली अनियमित भएकाले दिनभर जेनेरेटरबाट एकीकृत डेटा सेन्टरको प्रणाली चालएका थियौं। तर १०/१२ घण्टाभन्दा बढी जेनेरेटर चलाउन नमिल्ने भएकाले अहिले बन्द गरेका छौं’ पौडेलले भने। 

वेबमै आधारित अत्यावश्यक सेवा हुने निकायलाई भने दिउँसोदेखि नै म्यानुअल काम गर्न सुझाव दिइएको र सोहीअुनसार भइरहेको उनले बताए। विमानस्थल तथा अध्यगमनमा सोहीअनुसार सल्ला दिइएको उनको भनाइ छ। 

विमासन्थल कार्यालयका प्रकक्ता टेकनाथ सिटौलाले भने वेबसाइट डाउन हुँदा डिपार्चरमा समस्या भएको जानकारी दिए। दिउसोदेखि नै अराइभलको काम म्यानुअल भएपनि अहिले पनि डिपार्चरको काम पनि म्यानुअल भएको छ। यसले गर्दा समस्या भएको सिटौलाको भनाइ छ। 

 


प्रकाशित : मंगलबार, असार ५ २०८०१६:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend