बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

सेयर बजार र घरजग्गा कारोबार पुनः बढ्नेगरी लगानीकर्ताको सक्रियता

ऋण सेयर बजार र घरजग्गामै जाने जाेखिम

images
बुधबार, असार ६ २०८०
images
सेयर बजार र घरजग्गा कारोबार पुनः बढ्नेगरी लगानीकर्ताको सक्रियता
images
images

काठमाडौं- पछिल्लो समय सेयर बजार र घरजग्गा दुवै कारोबार सकारात्मक लयमा देखिन्छ। झन्डै दुई सय अंकले बढेपछि सेयर बजार दुईदिन करेक्सनमा देखिन्छ। यता घरजग्गा कारोबार जेठमा वर्षकै धेरै भएको छ। वित्तीय प्रणालीमा निक्षेप थुप्रिएको छ। राष्ट्र बैंकले घरजग्गा र सेयर कारोबारमा  जोखिम भार संशोधन नगरेपनि कारोबार भने बढिरहेको छ। 

images
images
images

बैशाखमा घटेको घरजग्गा कारोबार जेठमा बढेको छ। कित्ताकाट खुकुलो हुनुका साथै आगामी मौद्रिक नीतिमार्फत कारोबारमा केही सहज हुने अनुमानसहित घरजग्गा कारोबारमा उत्साह देखिएको छ। बैंकको निक्षेप बढेसँगै ऋण प्रवाह पनि बढेको छ। सोही कारण पनि घरजग्गा कारोबार बढेको छ। 

images
images

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत चैतमा ४९ हजार १ सय ५० लिखत पास भएको थियो। बैशाखमा ४२ हजार ४ सय ६१ लिखत पास भएको थियो। बैशाखमा जेठमा भन्दा १२ हजार ६०८ लिखितम बढी पास भएको छ। देशभरका मालपोत कार्यालयहरूबाट जेठमा ५५ हजार ६९ लिखत पारित भएको छ।

images
images

जेठमा घरजग्गा कारोबार अघिल्लो महीनाका तुलनामा झन्डै एक तिहाइले बढेको तथ्यांकले देखाउँछ। जेठमा भएजति घरजग्गाको कारोबार यस आर्थिक वर्षको कुनै महिनामा पनि भएको थिएन। डेढ वर्ष घरजग्गाको कारोबारमा ठूलो शिथिलता देखिँदै आएको थियो। वित्तीय प्रणालीमा रकम अभाव र बैंकको ब्याजदर वृद्धिका कारण गत वर्षको बैशाखदेखि नै घरजग्गाको किनबेचमा शिथिलता आएको थियो। बैंकिङ प्रणालीमा थुप्रिएको पैसा पुनः सेयर बजार र  घरजग्गामा जाने जोखिम भने देखिएको छ।  

राष्ट्र बैंकको तथ्यांकअनुसार मंगलबार साँझसम्म प्रणालीमा ५५ खर्ब ७३ अर्ब निक्षेप पुगेको छ। सोमबारसम्म ५५ खर्ब ६८ अर्ब रहेको थियो। एकैदिनमा ५ अर्ब निक्षेप थपिएको छ। सीडी रेसियो घटेर ८३.८८ प्रतिशतमा आएको छ। ९० प्रतिशतमा रोकिन धौधौ भएको सीडी रेसियो अहिले ८३ प्रतिशतमा आएपछि ऋण लगानी गर्न बैंकहरूसँग मनग्य पैसा जम्मा भएको छ। योसँगै साउनपछि सेयर बजार र घरजग्गामा ऋण जाने जोखिम भने बढेको छ। यता अन्तरबैंक ब्याजदर ४.५१ प्रतिशतमा झरेको छ। अन्तरबैंक ब्याजदर ८ प्रतिशत भन्दा माथि पुगेको थियो। 

प्रणालीको तरलता र ब्याजदर घटेका कारण लगानीकर्ता फेरि सेयर बजारमा सक्रिय भएका छन्। एक अर्बभन्दा मुनी भइरहेको कारोबार ५ अर्बसम्म पुगेको छ। अहिले बैंकहरूले कर्जाको ब्याजदर घटिरहेकोले घरजग्गा र सेयर बजारमा उत्साह थपिएको छ।

१८०० को बिन्दुमा आएको सेयर बजार २०२६ अंकमा पुगेको छ। यसले पनि दुई वर्षदेखि घटेको सेयर बजार पुनः बढ्ने संकेत देखिएको छ। लगानीकर्ताको पक्षमा रहेको भन्दै निरन्तर भइरहेका सरकारी घोषणाले पनि लगानीकर्ता हौसिएका छन्। 


प्रकाशित : बुधबार, असार ६ २०८००१:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend