आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

राजस्व चुहावटको कसुरमा दोषी ठहर भएका चुडामणि शर्मासहित तीन जनाविरूद्ध सजाय निर्धारण

६ अर्ब १५ करोड ७० लाख ४६ हजार ८ सय ४७ रूपैयाँ बिगो भराउने ठहर

images
मंगलबार, असार ५ २०८०
images
images
राजस्व चुहावटको कसुरमा दोषी ठहर भएका चुडामणि शर्मासहित तीन जनाविरूद्ध सजाय निर्धारण

विशेष अदालतका न्यायाधीशहरू श्रीकान्त पौडेल, यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले सजाय निर्धारण गरेको हो।

images
images

काठमाडौं- विशेष अदालतले आन्तरिक राजश्व विभागका पूर्वमहानिर्देशक चुडामणि शर्मासहित कर फर्स्यौट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकालविरूद्ध राजस्व चुहावटको कसुरमा सजाय निर्धारण गरेको छ।

images
images
images

विशेष अदालतले कुल ६ अर्ब १५ करोड ७० लाख ४६ हजार ८ सय ४७ रूपैयाँ बिगो भराउने ठहर गरेको हो। विशेष अदालतका न्यायाधीशहरू श्रीकान्त पौडेल, यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले सजाय निर्धारण गर्दै बिगो रकम तीनै प्रतिवादीसँग बराबरी रुपमा भराउने फैसला गरेको हो। 

images
images

विशेष अदातले चुडामणि शर्मालाई २ अर्ब ५ करोड २३ लाख ४८ हजार ९ सय ४९ रुपैयाँ बिगो, बिगोको दोबर ४ अर्ब १० करोड ४६ लाख ९७ हजार ८ सय ९८ रुपैया जरिवाना र ९ वर्ष कैद हुने फैसला सुनाएको छ।

images
images
images

विशेष अदालतले महतलाई २ अर्ब ५ करोड २३ लाख ४८ हजार ९ सय ४९ रुपैयाँ बिगो, बिगोको दोबर ४ अर्ब १० करोड ४६ लाख ९७ हजार ८ सय ९८ रुपैयाँ जरिवाना गर्ने फैसलामा उल्लेख छ। त्यस्तै उनलाई ९ वर्ष १ महिना कैद तोकिएको छ।

विशेष अदालतले ढकाललाई २ अर्ब ५ करोड २३ लाख ४८ हजार ९ सय ४९ रुपैयाँ बिगो, बिगोको दोबर ४ अर्ब १० करोड ४६ लाख ९७ हजार ८ सय ९८ रुपैयाँ जरिवाना र ९ वर्ष हुने फैसला सुनाएको हो।

अख्तियारले कर फर्छ्योट आयोगका अध्यक्ष लुम्बध्वज महत, सदस्य उमेश ढकाल र सदस्यसचिव तथा आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणी शर्माविरुद्ध राजस्व निर्धारणमा अनियमितता गरेको भन्दै मुद्दा दायर गरेको थियो। अख्तियारले तीनै पदाधिकारीविरुद्ध २०७४ साउन १ गते १० अर्ब ९६ करोड रूपैयाँको बिगो मागदावीसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो। 

३० अर्ब ५२ करोड रूपैयाँको राजस्व फर्स्यौट गर्दा ९ अर्ब ५४ करोड रूपैयाँमात्रै राज्यकोषमा दाखिला भइ अरु रकम अनियमित ढंगले मिनाहा भएको घटना बाहिरिएसँगै अख्तियारले अनुसन्धान थालेको थियो। 

चुडामणीसहित उनकी श्रीमती कल्पना उप्रेतीविरूद्धको गैरकानूनी सम्पत्ति आर्जनमा भने अदालतले यसअघि नै सफाइ दिएको थियो। 


प्रकाशित : मंगलबार, असार ५ २०८०१२:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend