बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

सूचना प्रविधिबाट बर्सेनि ५० अर्बभन्दा बढीको वैदेशिक मुद्रा आर्जन, ६६ हजार नेपाली रोजगार 

मंगलबार, असार ५ २०८०
सूचना प्रविधिबाट बर्सेनि ५० अर्बभन्दा बढीको वैदेशिक मुद्रा आर्जन, ६६ हजार नेपाली रोजगार 

ठूलो संख्यामा रोजगारीमात्र होइन यो क्षेत्रबाट गत वर्षमात्र ५० करोड १५ लाख अमेरिकी डलर नेपाल भित्रिएको सर्वेक्षणको प्रारम्भिक तथ्यांक रहेको छ। यो गत वर्षको पर्यटन आयभन्दा धेरै हो। 

काठमाडौं- सूचना प्रविधिको क्षेत्रले बर्सेनि ५० अर्बभन्दा बढी वैदेशिक मुद्रा आर्जन गरिरहेको एउटा सर्वेक्षणले देखाएको छ। सर्वांगिण विकास अध्ययन संस्था (आईआईडीएस) को पछिल्लो अध्ययनले गत वर्षमात्र यो क्षेत्रले ५० करोड १५ लाख अमेरिकी डलर आम्दानी गरेको देखाएको छ। 

आईआईडीएसका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेले सर्वेक्षणबाट प्राप्त नतिजका बारेमा जानकारी गराएका हुन्। प्रतिनिधिसभाको आजको बैठकमा बजेट तथा कार्यक्रममाथिको मन्त्रालयगत विनियोजनको छलफलमा भाग लिँदै उनले यो कुरा उल्लेख गरेका हुन्। 

बजेटमा सूचना प्रविधिबाट राज्यले लिनसक्ने लाभाका बारेमा कुनै सुधारको उद्‍घोष नगरिएको उनले बताए।

आईआईडीएसको सर्वेक्षणअनुसार नेपालमा सात हजारभन्दा बढी सूचना प्रविधिको सेवा दिने कम्पनी दर्ता भएका छन्। यसमध्ये सात हजार अहिले पनि काम गरेर कर तिरिरहेको पाइएको छ। 

त्यस्तै १०६ वटा कम्पनीले अहिले सेवा निर्यात अर्थात् नेपालबाट सेवा दिएर वैदेशिक मुद्रा आम्दानीको काम गरिरहेका छन्। यस्ता कम्पनी तथा स्वतन्त्र रुपमा काम गर्ने आईटी जनशक्तिको संख्या ६६ हजार ५०९ जना रहेको पाइएको छ। 

ठूलो संख्यामा रोजगारीमात्र होइन यो क्षेत्रबाट गत वर्षमात्र ५० करोड १५ लाख अमेरिकी डलर नेपाल भित्रिएको सर्वेक्षणको प्रारम्भिक तथ्यांक रहेको छ। यो गत वर्षको पर्यटन आयभन्दा धेरै हो। 

रोजगारी तथा वैदेशिक मुद्रा आर्जनका लागि धेरै सम्भावना बोकेको क्षेत्रका रुपमा सूचना प्रविधि रहेको वाग्लेको भनाइ छ। ‘यो सर्वैक्षणबाट आएका तथ्यांकले अर्थतन्त्रमा सानोतिनो भूकम्प नै ल्याउने खालका छन्। तर बजेटमा यो क्षेत्रलाई एउटा कर्मकान्डी रुपमा समेटिएको छ’ उनले भने। 


प्रकाशित : मंगलबार, असार ५ २०८०१०:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend