आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

सुर्तीजन्य पदार्थको कर बढाउनैपर्छ, मन्त्रिपरिषद्‌मा छिट्टै प्रस्ताव लैजान्छौँ : स्वास्थ्यमन्त्री बस्नेत

images
मंगलबार, असार ५ २०८०
images
images
सुर्तीजन्य पदार्थको कर बढाउनैपर्छ, मन्त्रिपरिषद्‌मा छिट्टै प्रस्ताव लैजान्छौँ : स्वास्थ्यमन्त्री बस्नेत

सुर्तीजन्य पदार्थको करबाट संकलित रकम देशभरिका गरिबीको उपचारका लगाउने स्वास्थ्यमन्त्री मोहनकुमार बस्नेतले बताए।

images
images

काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत सुर्तीजन्य पदार्थको कर बढाउने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लैजाने बताएका छन्। 

images
images
images

मन्त्रालयमा आज नेकपा (एमाले) को स्वास्थ्य तथा जनसंख्या आज विभागका पदाधिकारीद्वारा प्रस्तुत ज्ञापनपत्र बुझ्दै उनले चाँडै नै सुर्तीजन्य पदार्थमा लाग्ने कर बढाउने प्रस्ताव मन्त्रिपरिषद्‌मा लैजाने बताएका हुन्। मन्त्री बस्नेतले सुर्तीजन्य पदार्थको करबाट संकलित रकम देशभरिका गरिबीको उपचारका लगाउने जानकारी दिए।

images
images

'विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको भन्दा हामीले अहिले कम कर लिइरहेका छौँ', उनले भने, 'सुर्तीजन्य पदार्थमा कर बढेपछि महँगो हुने भएकाले उपभोग कम हुन्छ तर पनि जति उपभोग हुन्छ, सोही बमोजिम कर पनि उठ्छ र सोही करबाट गरिब तथा विपन्न नागरिकका लागि अक्षय कोष (बास्केट फन्ड) राखेर उपचार गर्नुपर्दछ। सुर्तीजन्य पदार्थको कर बढाउनै पर्दछ।'

images
images
images

ठूलो संख्या चिकित्सक र नर्स पलायन भएकामा मन्त्री बस्नेतले चिन्ता व्यक्त गर्दै उनीहरुलाई स्वदेशमा नै सेवा गर्ने वातावरण तयार गर्ने बताए। उनले विदेशमा गएर पनि चिकित्सक र नर्सले भनेजस्तो तलब सेवासुविधा नपाएको समेत उल्लेख गरे।

सबै अस्पतालमा कुल शय्याको १० प्रतिशत शय्या पूर्णरुपमा निःशुल्क गर्न निर्देशन दिइसकेको भन्दै मन्त्री बस्नेतले यदि अस्पतालले निर्देशन कार्यान्वयन नगरे कारबाही गर्नेसमेत बताए। उनले मन्त्रालयका आठ सय कर्मचारी काजमा विभिन्न ठाउँमा गएकामा तिनलाई फिर्ता ल्याउने प्रयाससमेत गरिरहेको जानकारी गराए।

एमाले स्वास्थ्य विभागका प्रमुख तथा सांसद कृष्णगोपाल श्रेष्ठले मन्त्री बस्नेतलाई गुणस्तरीय स्वास्थ्य सेवा नागरिकलाई पुर्‍याउनका लागि विभिन्न ११ बुँदे ज्ञापनपत्र बुझाएका थिए। ज्ञापनपत्रमा अस्पतालले १० प्रतिशत बिरामीलाई निःशुल्क उपचार गर्नुपर्ने, विभिन्न आठ खालका कडा रोगको उपचारलाई सहज बनाउनुपर्ने, स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने, तीन सय ९६  स्थानीय तहमा आधारभूत अस्पताल निर्माणमा  तीव्रता दिनुपर्ने माग राखिएको छ।

यस्तै अस्पतालमा शल्यक्रिया, डाइलाइसिसलगायत सेवा सर्वसुलभ बनाउनुपर्ने, जनशक्तिको उचित व्यवस्थापन गर्नुपर्ने, कर्मचारीलाई जथाभावी सरुवा गर्न नहुने, फाजिलमा रहेका तथा समायोजन नमिलेका सम्पूर्ण स्वास्थ्यकर्मीलाई जिम्मेवारीसहित रिक्त स्थानमा पुनः मिलान गर्नुपर्ने, संघीय स्वास्थ्य सेवा ऐन तथा जनस्वास्थ्य सेवा ऐन तत्काल ल्याउनुपर्ने, स्वास्थ्यकर्मीको सुरक्षा व्यवस्थालाई भरपर्दो बनाउनुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ।

यस्तै झाडापखाला, दादुरा र डेंगुलगायत महामारी रोगको रोकथाम तथा नियन्त्रण र बाढीपहिरोलगायत जलउत्पन्न विपत्तिको व्यवस्थापन गर्ने कार्यमा  पूर्वतयारी गर्नुपर्ने पनि ज्ञापनपत्रमा उल्लेख गरिएको छ। रासस


प्रकाशित : मंगलबार, असार ५ २०८०१०:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend