आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

बाढीपहिरोले सात लघुजलविद्युत् गृह बगाएपछि मैवाखोला र याम्फुदीन अन्धकार

images
मंगलबार, असार ५ २०८०
images
images
बाढीपहिरोले सात लघुजलविद्युत् गृह बगाएपछि मैवाखोला र याम्फुदीन अन्धकार
फाइल तस्बिर

अहिले गाउँमा मोबाइल तथा विद्युतीय सामग्री पूरै बन्द भएका छन्। मोबाइल नेटवर्कमा समस्या आउँदा सञ्चार सम्पर्कमासमेत समस्या भएको छ।

images
images

फुङ्लिङ- ताप्लेजुङमा बाढीपहिरोले सातवटा लघु जलविद्युत् गृह बगाएको छ। गत शुक्रबार, शनिबार र आइतबार वर्षासँगै आएको बाढीपहिरोले लघु जलविद्युत गृह बगाएसँगै मैवाखोला र याम्फुदीनका समुदाय अन्धकार बस्न बाध्य छन्।

images
images
images

मैवाखोला गाउँपालिकाका विभिन्न क्षेत्रमा रहेका पाँचवटा लघु जलविद्युत् आयोजना आइतबार राति गएको बाढीले बगाउँदा पूरै गाउँपालिका अन्धकार भएको हो। बाढीले वडा नं ३ र ४ मा रहेका लघु जलविद्युत् आयोजनामध्ये केहीको पावर हाउस नै बगाएको छ भने केहीको पानी ट्यांकी र केहीको पूरै संरचना बगाएर लगेको छ।

images
images

गाउँपालिकाका अध्यक्ष विजयप्रकाश वनेमका अनुसार ६० प्रतिशत घरपरिवारमा विद्युत् जडान भएको थियो तर बाढीले पाँचवटा लघु जलविद्युत् गृह नै बगाएपछि गाउँपालिकामा बसोबास गर्ने समुदाय अन्धकारमा बस्न बाध्य भएका छन्। वडा -४ मा रहेको १८ किलोवाटको लोदम्बा हाइड्रो पहिरोले बगाएको छ।

images
images
images

त्यस्तै ३६ किलोवाटको याम्फेवा हाइड्रो पावर हाउसमा क्षति पुगेको छ भने ३२ र ६४ किलोवाटको माङमाया-१ र मङमाया-२ को माइक्रो हाइड्रोमा पनि पूर्णरूपमा क्षति पुगेको गाउँपालिकाका अध्यक्ष वनेमले बताए।

त्यही क्षेत्रमा रहेको १५ किलोवाटको ठाडेखोला लघु जलविद्युत् आयोजना पूर्णरूपमा बगाएको छ। अहिले गाउँमा मोबाइल तथा विद्युतीय सामग्री पूरै बन्द भएका छन्। दिउँसो घाम लाग्दा मात्र मोबाइलमा नेटवर्क आउने बेलुका भएपछि नेटर्वसमेत नआउँदा सञ्चार सम्पर्कमासमेत समस्या भएको उनको भनाइ थियो।

'गाउँपालिकामा सञ्चलनमा रहेको पाँच वटा लघु जलविद्युत् पहिरोले बगाएपछि अहिले गाउँपालिका अन्धकार भएको छ। कार्यालयमा विद्युत् नभएकाले सेवा प्रवाह गर्नसमेत कठिन भएको छ', अध्यक्ष वनेमले भने।

त्यस्तै सिरिजंगा गाउँपालिका-८ याम्फुदीनमा दुईवटा लघु जलविद्युत् बाढीले बगाएको छ। तुम्या खोलाबाट निकालिएको आठ किलोवाट क्षमताको विद्युत् गृह बाढीले पूरै बगाएको सिरिजंघा गाउँपालिका-८ याम्फुदीनका वडाध्यक्ष कृष्ण गुरुङले बताए।

उनका अनुसार काबेली खोलाबाट उत्पादन हुने १५ किलोवाट क्षमताको लघुविद्युत् गृहमासमेत क्षति गरेकाले अहिले गाउँ पूरै अन्धकार भएको छ। उक्त वडालाई याम्फुदीन नामले चिनिन्छ। त्यस गाउँमा एक सय ७० घरपरिवार बसोबास गर्दै आएका छन्।

दुई विद्युत् गृहले याम्फुदीनलाई उज्यालो दिँदै आएको थियो। गत शुक्रबार दुईवटा विद्युत् गृह नै बाढीले बगाएसँगै गाउँ अन्धकार बनेको याम्फुदीन प्रहरी चौकीका हबल्दार विनोद उरावले बताए। विद्युत् गृह बाढीले बगाएपछि मोबाइल चार्ज गर्नसमेत समस्या भएको स्थानीयवासीको भनाइ थियो।

विद्युत् गृह बाढीले बगाएपछि विद्युत् पावर आपूर्ति नहुँदा याम्फुदीनमा रहेको नेपाल टेलिकमको मोबाइल टावरसमेत बन्द हुने अवस्थामा पुकेको त्यहाँका वडाध्यक्ष गुरुङले बताए। रासस


प्रकाशित : मंगलबार, असार ५ २०८००९:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend