आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

टाटा मोटर्सका विद्युतीय गाडीहरु तीन दिनभित्रै फाइनान्सिङ

images
मंगलबार, असार ५ २०८०
images
images
टाटा मोटर्सका विद्युतीय गाडीहरु तीन दिनभित्रै फाइनान्सिङ

यो सुविधा एभरेष्ट बैंक, नबिल बैंक, एनएमबि बैंक, ग्लोबल आईएमई बैंक, तथा प्रभु बैंकका देशभरका सञ्चालबाट उपलब्ध हुनेछन्। 

images
images

काठमाडौं- टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले आफ्ना ईभी अर्थात् विद्युतीय गाडी किन्न चाहने ग्राहकहरुका लागि छिटो, सरल र सहज गाडी फाइनान्सिङको सुविधा ल्याएको छ। 

images
images
images

यो सुविधा नेपालभरका सिप्रदी तथा सिप्रदीका आधिकारिक डिलरसिपबाट उपलब्ध हुने कम्पनीले जनाएको छ। 

images
images

कम्पनीका अनुसार विगत २ वर्षदेखि नेपाली बजारले सर्वाधिक रुचाइएको नेक्सन ईभी र टिगोर ईभीको ८० प्रतिशतसम्म गाडी फाइनान्सिङ अब ३ दिनभित्रै हुनेछन्। उक्त फाइनान्सिङ नेपालभरका विभिन्न क वर्गका बैंकद्वारा १०.०५ प्रतिशतको न्यूनतम ब्याजदरमा उपलब्ध हुनेछन्।

images
images
images

टाटा मोटर्सका ईभी गाडीहरुको छिटो तथा सरल गाडी फाइनान्सिङको सुविधाका लागि एभरेष्ट बैंक, नबिल बैंक, एनएमबि बैंक, ग्लोबल आईएमई बैंक, तथा प्रभु बैंकका देशभरका सञ्चालबाट उपलब्ध हुनेछन्। 


प्रकाशित : मंगलबार, असार ५ २०८००९:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend