आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

काठमाडौं महानगरद्वारा ११ महिनामा ८ अर्ब २९ करोड राजस्व संकलन, लक्ष्यको ७९ प्रतिशत

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असार ५ २०८०
images
images
काठमाडौं महानगरद्वारा ११ महिनामा ८ अर्ब २९ करोड राजस्व संकलन, लक्ष्यको ७९ प्रतिशत

महानगरपालिकाले चालु आवका लागि राजस्व लक्ष्य १० अर्ब ४२ करोड ९५ लाख राखेको थियो। यसमध्ये सबैभन्दा धेरै प्रगति महानगरले आन्तरिक आयतर्फ गरेको छ।

images
images

काठमाडौं- काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको ११ महिनामा आठ अर्ब राजस्व संकलन गरेको छ। आन्तरिक आय, राजस्व बाँडफाँट र आन्तरिक अनुदान गरी आव २०७९/८० को ११ महिनामा आठ अर्ब २९ करोड ९५ लाख ५९ हजार दुई सय ७८ राजस्व संकलन गरिएको राजस्व विभागका प्रमुख ध्रुव काफ्लेले जानकारी दिए। उनका अनुसार यो रकम महानगरको राजस्व लक्ष्यको ७९ प्रतिशतमात्रै हो।

images
images
images

महानगरपालिकाले चालु आवका लागि राजस्व लक्ष्य १० अर्ब ४२ करोड ९५ लाख राखेको थियो। यसमध्ये सबैभन्दा धेरै प्रगति महानगरले आन्तरिक आयतर्फ गरेको छ। राजस्व संकलनमध्ये महानगरपालिकाले आन्तरिक आयतर्फ ९८ दशमलव ८७ प्रतिशत हासिल गरेको जनाएको छ। महानगरपालिका चार अर्ब ८५ करोड आन्तरिक आयको राजस्व लक्ष्यमध्ये चार अर्ब ७७ करोड उठाएको हो। जुन अघिल्लो आवको भन्दा एक अर्ब बढी भएको विभागले जनाएको छ। 

images
images

विभागका अनुसार आव २०७८/७९ मा महानगरले तीन अर्ब ७२ करोडमात्रै आन्तरिक आय संकलन भएको थियो। महानगरपालिकाले आन्तरिक आयतर्फ घरबहाल करमा एक अर्ब ९२ करोड १२ लाख ८० हजार राजस्व संकलन गरेको छ। चालु आवमा महानगरपालिकाले यो शीर्षकमा दुई अर्ब राजस्व उठाउने लक्ष्य राखेको थियो। यस्तै सम्पत्ति करमा ९१ करोड ३३ लाख राजस्व संकलन गरेको छ। जुन अघिल्लो आवको भन्दा १२ करोडले बढी भएको जनाइएको छ।

images
images
images

महानगरलाई राजस्व लक्ष्यमा पुग्न राजस्व बाँडफाँट भएर आउने रकमले असर परेको देखिएको छ। यसैगरी महानगरले बाँडफाँटबाट प्राप्त हुने राजस्वबाट एक अर्ब ५५ करोड ८९ लाख जम्मा गरेको छ। राजस्व बाँडफाँट पाउनुपर्नेमा महानगरपालिकालाई प्राप्त भएको अघिल्लो आवको भन्दा झन्डै एक अर्बले कमी भएको देखिन्छ। गत आव २०७८/७९ मा राजस्व बाँडफाँटबाट प्राप्त हुने रकम एक अर्ब ७५ करोड ५४ लाख थियो, जनु एक सय छ प्रतिशत रहेको थियो। तर यो पटक लक्ष्यको जम्मा ४५ प्रतिशतमात्रै महानगरलाई बाँडफाँट भएको हो।

गत आवमा दुई अर्ब ५८ करोड २५ लाख राजस्व बाँडफाँटबाट आउने रकम लक्ष्य राखेकामा जेठ मसान्तसम्म दुई अर्ब ७५ करोड ५४ लाख अर्थात् एक सय छ प्रतिशत बाँडफाँट भएको थियो। तर चालु आव तीन अर्ब ४१ करोड ३१ लाख लक्ष्य राखेकामा एक अर्ब ५५ करोड ८९ लाखमात्रै उठेको हो।

महानगरपालिकाको राजस्व विभागका अनुसार चालु आवको राजस्वको लक्ष्य भेटन् नसक्नुमा महानगरलाई प्राप्त हुने राजस्व बाँडफाँट हो। विभागका प्रमुख ध्रुव काफ्लेले महानगरले पर्याप्त आन्तरिक राजस्व उठाए पनि बाँडफाँट भएर आउने रकम कम हुँदा लक्ष्य प्राप्तिको दूरी टाढा भएको बताए। राजस्व विभागका अनुसार चालु आवमा आन्तरिक अनुदानतर्फ एक अर्ब ९६ करोड ९६ लाख महानगरको राजस्व जम्मा भएको छ। रासस


प्रकाशित : मंगलबार, असार ५ २०८००४:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend