बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

असार ८ र ९ मा हुवावे डिजिटल नेपाल कन्क्लेभ २०२३ हुँदै

सोमबार, असार ४ २०८०
असार ८ र ९ मा हुवावे डिजिटल नेपाल कन्क्लेभ २०२३ हुँदै

काठमाडौं- असार ८ र ९ गते हुवावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३’ को आयोजना हुने भएको छ। आइसिटी फाउण्डेसन नेपालको आयोजनामा हुन गइरहेको कन्क्लेभसँगै हुवावेले मोवाइल नेपाल कंग्रेस(एमएनसी) को पनि आयोजना गर्ने भएको छ।

कन्क्लेभमा विभिन्न देशका आइसिटी बिज्ञहरु सहित ७० बढी स्रोत व्यक्तिहरु उपस्थित हुन आयोजको दाबी छ।

द सोल्टी काठमाडौंमा आयोजना हुने कन्क्लेभमा विभिन्न ६ थिममा १५ बढि सेसनहरु संचालन हुनेछन्। २ दिने कन्क्लेभमा दक्षिण कोरिया, सिंगापुर, भारत, बंगलादेशबाट विषय विज्ञहरुको उपस्थिती रहने आयोजकले जनाएको छ।

‘फोस्टरिङ डिजिटल्ली सक्षम नेपाल’ को नारा सहित आयोजना हुने कन्क्लेभले डिजिटल रुपान्तरणको लागि नेपालको सक्षमता र यसको लागि आवश्यक नीति र कार्यान्वयनमा जोड दिने जनाएको छ।


प्रकाशित : सोमबार, असार ४ २०८०१३:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend