आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

बाढी-पहिरोमा परी ६ जनाको मृत्यु, ६ घाइते, २९ बेपत्ता

images
सोमबार, असार ४ २०८०
images
images
बाढी-पहिरोमा परी ६ जनाको मृत्यु, ६ घाइते, २९ बेपत्ता

बाढीपहिरोमा परी सङ्खुवासभामा एक, ताप्लेजुङमा तीन, पाँचथरमा एक र नुवाकोटमा एक गरी ६ जनाको मृत्यु भएको छ।

images
images

काठमाडौं- अविरल वर्षाको कारण जेठ ३१ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी एवं पहिरोमा परी आज अपराह्नसम्म ६ जनाको मृत्यु भएको छ। बाढी तथा पहिरोमा परी सङ्खुवासभामा एक, ताप्लेजुङमा तीन, पाँचथरमा एक र नुवाकोटमा एक गरी जम्मा ६ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। जसमध्ये पाँच पुरुष र एकजना बालिका रहेका छन्। 

images
images
images

साथै बाढी एवं पहिरोमा परी सङ्खुवासभामा तीन, ताप्लेजुङमा दुई र पाँचथरमा एक गरी जम्मा ६ जना घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि स्थानीय अस्पताल लगिएको छ।

images
images

बाढी पहिरोमा परी सङ्खुवासभामा २१, ताप्लेजुङमा तीन र पाँचथरमा पाँचजना गरी जम्मा २९ जना बेपत्ता अझै बेपत्ता रहेको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर बडायतले जानकारी दिए। बेपत्ताको खोजी कार्य जारी रहेको पनि उनले बताए।

images
images
images

बाढी एवं पहिरोका कारण ३५ घर, १० गोठ, १३ पुल, पाँच उद्योग र दुईवटा सरकारी कार्यालयमा क्षति पुगेको छ। ६७ वटा पशुचौपायको मृत्यु भएको छ। उक्त अवधिमा विपद्का घटनाबाट ९७ घरपरिवार विस्थापित भएका छन्।

साथै बाढी पहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका विभिन्न घरपरिवारलाई सुरक्षित स्थानमा राख्ने, पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने कामसमेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा गर्नाका साथै विभिन्न स्थानमा भएको बाटो अवरोधसमेत प्रहरीले हटाउने कार्य गरिरहेको छ। रासस


प्रकाशित : सोमबार, असार ४ २०८०१२:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend