आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

अहिलेसम्म संघले उठाएको संस्थाको घर बहाल कर फिर्ता गर्नुपर्छ : काठमाडौं महानगर

images
सोमबार, असार ४ २०८०
images
images
अहिलेसम्म संघले उठाएको संस्थाको घर बहाल कर फिर्ता गर्नुपर्छ : काठमाडौं महानगर

'स्थानीय तहको एकल अधिकारको रुपमा अधिकारको सूचीमा समावेश रहेको व्यक्ति वा संस्थाको घर बहाल कर उठाउन पाउने विषयमध्ये संस्थाको घरबहाल कर उठाउन पाउने विषयमा नेपाल सरकार मातहतका आन्तरिक राजस्व कार्यालयहरुबाट भइरहेको हस्तक्षेप काठमाडौं महानगरलाई स्वीकार्य छैन', पत्रमा उल्लेख छ।

images
images

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह 'बालेन' ले बहाल कर संकलनमा संघीय सरकारले लाेभ देखाउँदा स्थानीय तह र करदाता समस्यामा परेको बताएका छन्। 

images
images
images

उनले संविधानले दिएको अधिकार स्थानीय सरकारलाई निर्वाध प्रयोग गर्ने वातावरण तयार गरेर समस्या समाधान गरिदिन संघीय सरकारलाई आग्रह समेत गरेका छन्।

images
images

महानगरपालिकाले स्थानीय तहअन्तर्गत रहेको घर बहाल कर उठाउने कार्यका लागि सहजीकरण गरिदिन आग्रह गर्दै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगलाई पत्र समेत पठाएको छ। मेयर साहको हस्ताक्षर रहेको उक्त पत्रमा संघीय सरकारले काठमाडौं महानगर क्षेत्रभित्र हालसम्म उठाएको सबै कर फिर्ता गर्नुपर्ने समेत उल्लेख छ। 

images
images
images

'स्थानीय तहको एकल अधिकारको रुपमा अधिकारको सूचीमा समावेश रहेको व्यक्ति वा संस्थाको घर बहाल कर उठाउन पाउने विषयमध्ये संस्थाको घरबहाल कर उठाउन पाउने विषयमा नेपाल सरकार मातहतका आन्तरिक राजस्व कार्यालयहरुबाट भइरहेको हस्तक्षेप काठमाडौं महानगरलाई स्वीकार्य छैन', पत्रमा उल्लेख छ।

ktm.jpg

 

ktm2.jpg


प्रकाशित : सोमबार, असार ४ २०८०१२:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend