आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

जलस्रोत तथा सिँचाइ विभागका तत्कालीन महानिर्देशक भण्डारीविरुद्ध साढे तीन करोडभन्दा बढीको भ्रष्टाचार मुद्दा

images
सोमबार, असार ४ २०८०
images
images
जलस्रोत तथा सिँचाइ विभागका तत्कालीन महानिर्देशक भण्डारीविरुद्ध साढे तीन करोडभन्दा बढीको भ्रष्टाचार मुद्दा
images
images

काठमाडौं- जलस्रोत तथा सिँचाइ विभागका तत्कालीन महानिर्देशक मधुकर प्रसाद राजभण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार अवकाश प्राप्त भण्डारीविरुद्ध साढे तीन करोड बराबरको बिगो कायम गरी विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। 

images
images
images

तत्कालीन महानिर्देशक भण्डारीले सेवामा रहँदा तीन करोड ५६ लाख ७७ हजार ३ सय ४६ रूपैयाँ गैरकानूनी रुपमा आर्जन गरेको अख्तियारको अनुसन्धानमा खुलेकाे छ। 

images
images

उनी सेवा प्रवेश गरेको मिति २०५१ फागुन ३० देखि ०७९ भदाै ३१ सम्मको अनुसन्धान जाँच अवधिमा आम्दानी तीन करोड २५ लाख ५१ हजार ७ सय ४० रूपैयाँ देखिएकोमा खर्च ७ करोड ४२ लाख २९ हजार ८६ रुपैयाँ हुन आएको र आम्दानीमध्ये तीन करोड ५६ लाख ७७ हजार तीन सय ४६ रूपैयाँको वैधानिक स्राेत पुष्टि हुन नसकेको अख्तियारले जनाएको छ। 

images
images
images

उनकी श्रीमती दीपा श्रेष्ठलाई पनि अख्तियारले प्रतिवादी कायम गरेको छ।

गैरकानूनी रुपमा आर्जन गरेको स्रोत नखुल्ने सम्पत्ति उनले श्रीमती दिपा श्रेष्ठको नाममा खरिद गरिएको जग्गा, घर निर्माण, कम्पनी लगानी, बीमा प्रिमियम भुक्तानी लगायतमा गरिएको खर्च बराबरको भागको स्रोत नखुलेको सम्पत्तिबाट बढेबढाई उनको नाममा हाल कायम सम्पत्तिमध्येबाट बिगो जफत गर्न माग गर्दै अख्तियारले मुद्दा दायर गरेको हो। 


प्रकाशित : सोमबार, असार ४ २०८०११:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend