बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

कार्गोमा लगानीकर्ताको आकर्षण, ११ महिनामा १७ उद्योगमा १ अर्ब ३२ करोड लगानी प्रतिबद्धता

मंगलबार, असार ५ २०८०
कार्गोमा लगानीकर्ताको आकर्षण, ११ महिनामा १७ उद्योगमा १ अर्ब ३२ करोड लगानी प्रतिबद्धता

काठमाडौं- विदेशबाट आयात हुने तथा निर्यात हुने सामानको बजार बढ्दो छ। सामान आयात तथा निर्यात बढेसँगै कार्गो व्यवसायको विस्तार भएको छ। कार्गो व्यवसायमा लगानीसमेत बढेको छ।

उद्योग विभागका अनुसार चालु आर्थिक वर्ष २०७९/०८० को साउनदेखि जेठसम्ममा अन्तर्राष्ट्रिय कार्गो ह्यान्डलिङका लागि १७ वटा कम्पनी उद्योगमा दर्ता भएका छन्।
 
अन्तर्राष्ट्रिय कार्गो ह्यान्डलिङका लागि १२ वटा कम्पनी उद्योगमा दर्ता भएका छन्। अधिकांशमा विदेशी लगानी रहेको छ। सतप्रतिशत स्वदेशी लगानीमा ल्याण्डटु इन्टरनेश्नल लजिष्टिक्स् प्रालि र ५० प्रतिशत स्वदेशी लगानी रहने गरी नेपाल जलिष्टिक्स प्रालि दर्ता भएको छ।  

ल्याण्डटु इन्टरनेश्नल लजिष्टिक्स् प्रालिमा १० करोड २० लाख र नेपाल जलिष्टिक्स प्रालिको ४ करोड लगानीमा २ करोड मात्रै स्वदेशी  लगानी रहेको छ। सम्रगमा साउनदेखि चैत मसान्तसम्मा १७ उद्योगमा १ अर्ब ३२ करोड ५० लाख रुपैयाँको लगानी प्रतिबद्धता आएको छ। उद्योगमा दर्ता भएका सबै कार्गो काठमाडौंमा रहने गरी दर्ता भएका छन्।

कुन कम्पनीमा कति लगानी?

याङ्ग याङ्ग ईन्टरनेशनल - ५० लाख रुपैयाँ

आइपीलजिष्टिक्स - २० करोड रुपैयाँ

टीयान इन्टरनेशनल - १० करोड

हुमा इन्टरनेशनल - १० करोड

भैरवी ईन्टरनेशनल - ८ करोड

ल्याण्डटु इन्टरनेश्नल लजिष्टिक्स् - १० करोड २० लाख

क्लोबलट्रान्स लोजिष्टिक्स - ८ करोड 

युआन कार्गो- ६ करोड

नेपाल जलिष्टिक्स - ४ करोड 

नेपाल सामुन्द्रिक तारा लजिस्टिक्स - २ करोड 

गोफिका इन्टरनेशनल - २ करोड

युनान ईन्टरनेशनल - ८ करोड

मेङ्ग इन्टरनेशनल - ८ करोड

रुई क्विङ ईन्टरनेशनल - १० करोड

यु मि ईन्टरनेशनल - १० करोड

छुन लि इन्टरनेशनल - १० करोड

योङ्ग जि ईन्टरनेशनल - ६ करोड


प्रकाशित : मंगलबार, असार ५ २०८००१:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend