आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

सांसद पौडेलको प्रश्न : उत्तरगंगा जलाशययुक्त परियोजना कता हरायो?

images
सोमबार, असार ४ २०८०
images
images
सांसद पौडेलको प्रश्न : उत्तरगंगा जलाशययुक्त परियोजना कता हरायो?

सांसद देवेन्द्र पौडेलले कम लागतमा उच्च प्रतिफल दिने अन्य आयोजनालाई पनि अगाडि बढाउन सम्बद्ध मन्त्रालयको ध्यानाकर्षण गराए।

images
images

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का नेता देवेन्द्र पौडेलले बागलुङ र पूर्वी रुकुमको सीमानामा पर्ने उत्तरगंगा जलाशययुक्त परियोजनालाई बजेटमा नसमेटिएकामा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतसँग जिज्ञासा राखेका छन्।

images
images
images

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत सञ्चार तथा सूचना प्रविधि, परराष्ट्र र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले प्रस्तुत बजेटबाट उत्तरगंगा जलाशययुक्त परियोजना हराएकाले यसको खोजी गर्न अनुरोध गरेका हुन्।

images
images

'सबैभन्दा सस्तो र भरपर्दो परियोजना भनेर विज्ञले भनेका छन् तर बजेटमा कहिले पनि पर्दैन, किन होला माननीय मन्त्री ज्यू?', बागलुङका सांसद पौडेलले प्रश्न गरे, 'किन यो आयोजना बजेटमा परिरहेको छैन?'

images
images
images

समयमै उक्त परियोजना निर्माण हुन नसक्दा सो क्षेत्रमा विमानस्थललगायत अन्य भौतिक पूर्वाधार बनाउन नसकिएकातर्फ सरकारको ध्यानाकर्षण गराउँदै उनले य सप्रकारका परियोजनालाई अल्झाइरहने विषयमा सचेत हुनुपर्ने बताए। सांसद पौडेलले कम लागतमा उच्च प्रतिफल दिने अन्य आयोजनालाई पनि अगाडि बढाउन सम्बद्ध मन्त्रालयको ध्यानाकर्षण गराए। रासस


प्रकाशित : सोमबार, असार ४ २०८००९:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend