बिहीबार , जेठ २१ गते २०८३    
बिहीबार , जेठ २१ २०८३

नेप्सेमा रहेको राष्ट्र बैंकको ५.९ प्रतिशत सेयर झन्डै एक अर्बमा वाणिज्य बैंकले किन्यो

सोमबार, असार ४ २०८०
नेप्सेमा रहेको राष्ट्र बैंकको ५.९ प्रतिशत सेयर झन्डै एक अर्बमा वाणिज्य बैंकले किन्यो

काठमाडौं- नेपाल राष्ट्र बैंकको स्वामित्वमा रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) को ५ दशमलव ९ प्रतिशत सेयर वाणिज्य बैंकले खरिद गरेको छ। राष्ट्र बैंकको स्वामित्वमा नेप्सेको १४ दशमलव ६ प्रतिशत सेयरमध्ये ५ दशमलव ९ प्रतिशत सेयर वाणिज्य बैंकलाई बिक्री गरिएको हो। योसँगै नेप्सेमा वाणिज्य बैंकको ११.२१ प्रतिशत सेयर हिस्सा पुगेको छ। 

सरकारी संस्थाले सरकारी संस्थालाई नै ‘जी टू जी’ मोडलअनुसार नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकलाई सेयर बिक्री गरेको हो। राष्ट्र बैंकले बिक्री गरेको सेयरमा सञ्चयकोष र राष्ट्रिय वाणिज्य बैंकले चासो दिएका थिए। सञ्चकोषलाई पछि पार्दै वाणिज्य बैंकले सेयर खरिदमा बाजी मारेको छ। यसअघि राष्ट्र बैंकको १० प्रतिशत सेयर सञ्चयकोषले खरिद गरेको थियो। 

‘राष्ट्रिय वाणिज्य बैंकले राष्ट्र बैंकको बिक्री गरेको सेयर खरिद गरेको हो, तर हस्तान्तरण भने पूर्ण भइसकेको छैन,’ राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरण कुमार श्रेष्ठले भने। 

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को व्यवस्थाअनुसार राष्ट्र बैंकले आफ्नो स्वामित्वमा भएको नेप्सेको सेयर बिक्री गरेको हो। बिक्रीपछि राष्ट्र बैंकमा नेप्सेको ९.५ प्रतिशत मात्र सेयर हिस्सा रहेको छ। वित्तीय विवरणमा प्रतिकित्ता ६ सय ६६ दशमलव ५२ रुपैयाँ तोकिएको छ। जसको बजार ९९ करोड हाराहारी हुने छ।  

विगतमा समय कर्मचारी संचय कोषले १० प्रतिशत र लक्ष्मी बैंक तथा प्रभु बैंकले समान ५ प्रतिशत सेयर प्रतिकित्ता ११४४ रुपैयाँमा बिक्री गरेका थिए। वाणिज्य बैंकले सेयर खरिद गरेपछि नेप्सेमा नेपाल सरकारपछि सबैभन्दा धेरै सेयर हुनेमा वाणिज्य बैंक हुनेछ। नेपाल सरकारको ५८ दशमलव ६६ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ११ दशमलव २१ प्रतिशत, कर्मचारी संचय कोषको १० प्रतिशत, राष्ट्र बैंकको ९ दशमलव ५ प्रतिशत, लक्ष्मी बैंकको ५ प्रतिशत, प्रभु बैंकको ५ प्रतिशत, र विभिन्न सेयर ब्रोकरहरुको शून्य दशमलव ६३ प्रतिशत सेयर लगानी हुनेछ। 


प्रकाशित : सोमबार, असार ४ २०८००७:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend