आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

बाढीले बगायो सवाखोला-लोहाकोट-बिजुवापानी आयोजना

images
सोमबार, असार ४ २०८०
images
images
बाढीले बगायो सवाखोला-लोहाकोट-बिजुवापानी आयोजना

बाढीले पानी तान्ने ठाउँ सवा खोला किनारमा रहेको ट्यांकी बगाएको छ भने त्यहाँ निर्माण गरिएको घर पनि पुरिएको छ।

images
images

भोजपुर- बाढीका कारण सवाखोला-लोहाकोट-बिजुवापानी सामुदायिक लिफ्ट आयोजनामा क्षति पुगेको छ।

images
images
images

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयअन्तर्गत कुल अनुमानित ११ करोड ११ लाख आठ हजार नौ सय २७ रूपैयाँको लागतमा निर्माण भइरहेको यो आयोजनामा बढीले क्षति पुर्‍याएको हो।

images
images

बाढीले पानी तान्ने ठाउँ सवा खोला किनारमा रहेको ट्यांकी बगाएको छ भने त्यहाँ निर्माण गरिएको घर पनि पुरिएको छ। चयनपुर नगरपालिका-११ मा रहेको यो आयोजनाबाट तीन सय ८६ मध्ये १०० परिवारले पानी उपभोग गर्न थालेका थिए।

images
images
images

खोलामा आएको बढीले आयोजनालाई क्षति पुर्‍याएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख देवनाथ सिंहले जानकारी दिए। निर्माणको अन्तिम चरणमा रहेको आयोजनामा क्षति पुगेपछि समस्या थपिएको उनको भनाइ थियो।

'सवा खोलामा आएको बाढीले आयोजनाको काममा पूर्णरुपमा क्षति पुगेको छ', प्रमुख सिंहले भने, 'खोला किनारमा रहेका संरचना बनाएको छ, क्षतिको पूर्णविवरण आउन बाँकी छ। अनुमानित डेढ करोड रूपैयाँभन्दा बढीको क्षति भएको अवस्था छ।'

आर्थिक वर्ष २०७५/७६देखि  यो योजनाको निर्माण थालिएको हो। बाढीले पानी तान्ने ठाउँमा रहेको सम्पूर्ण उपकरण तथा संरचनामा क्षति पुर्‍याएको निर्माण उपभोक्ता समितिका अध्यक्ष उद्धवराज त्रितालले जानकारी दिए।

'बढीले खानेपानी सञ्चालनमा अवरोध भएको छ', उनले भने, 'खोला किनार रहेको कुनै पनि संरचना बाँकी छैनन्। सबै पुरिएको अवस्था छ। बाढीका कारण करोडौँको क्षति भएको अवस्था छ।' रासस


प्रकाशित : सोमबार, असार ४ २०८००६:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend