आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

बेनीमा जेठ मसान्तसम्म दुई सय ८३ योजना निर्माण सम्पन्न

images
सोमबार, असार ४ २०८०
images
images
बेनीमा जेठ मसान्तसम्म दुई सय ८३ योजना निर्माण सम्पन्न

नगरपालिकामा विनियोजन भएको कुल ७९ करोड १८ लाख १३ हजार रूपैयाँ बजेटमध्ये ६८ दशमलव ९७ प्रतिशत खर्च भएको छ।

images
images

म्याग्दी- म्याग्दीको बेनी नगरपालिकाले चालु आर्थिक वर्षको ११ महिनाका अवधिमा ८२ प्रतिशत योजना निर्माण सकेको छ। 

images
images
images

चालु आव २०७९/०८० मा बजेट विनियोजन भएका तीन सय ४२ मध्य जेठ मसान्तसम्म दुई सय ८३ योजना निर्माण सकिएको नगरपालिकाले जनाएको छ। प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले तीन सय ३० योजना उपभोक्ता समिति र १२ ठेक्का प्रक्रियाबाट कार्यान्वयन गरिएको जानकारी दिए।

images
images

'भौतिक पूर्वाधारका ५९ वटा योजना सम्पन्न हुने क्रममा छन', उनले भने, 'सबैभन्दा बढी भौतिक पूर्वाधारका योजनामा विनियोजन भएकोमध्ये ६३ दशमलव ४२ प्रतिशत खर्च भएको छ।'

images
images
images

भौतिक पूर्वाधारतर्फ १७ करोड ६९ लाख ८५ हजार रूपैयाँ बजेट विनियोजन भएकामा ११ करोड २१ लाख ७९ हजार रूपैयाँ खर्च भएको छ। सडक, भवन, खानेपानी, सिँचाइ, पदमार्ग, नाली निर्माणसम्बन्धी योजना धेरै छन्। नगर गौरवका आयोजनाको रुपमा रहेको प्रशासकीय भवनको तला थप, बेनीको मिनि रंगशाला, बेनी-ज्यामरुककोट, सिंगा-तातोपानी तल्लो बजारमा कालोपत्र, बेनी-पात्लेखेत सडक र खबरा खानेपानी आयोजना निर्माण सकिएको छ।

पात्लेखेत-काछलुङ खानेपानी आयोजनको ८५ प्रतिशत, गाजने-नयाँगाउँ-ढोलथान खानेपानी आयोजनाको ७५, अर्थुंगे-पुलाचौर-भुतपानी सडकको ८०, सिंगा कोल्ड स्टोरको २५, दूधेखोला-हल्लेगौडा-भकिम्ली सडकको ७० र महारानीथान-छाप-डाडाखेत-ठूलोखोला सडक आयोजनाको ८५ प्रतिशत भौतिक प्रगति भएको नगरपालिकाले जनाएको छ।

नगरपालिकामा विनियोजन भएको कुल ७९ करोड १८ लाख १३ हजार रूपैयाँ बजेटमध्ये ६८ दशमलव ९७ प्रतिशत खर्च भएको छ। विकास आयोजना तथा कार्यक्रमका लागि पुँजीगत शीर्षकको २९ करोड ३७ लाख ३८ हजारमध्ये ९ करोड ४७ लाख ३३ हजार रूपैयाँ अर्थात् ६१ दशमलव ७८ प्रतिशत खर्च भएको छ। 

चालु आवमा चार करोड २३ लाख ७० हजार राजस्व संकलन गर्ने लक्ष्य राखेको नगरपालिकाले ११ महिनामा चार करोड २६ लाख ७२ हजार एक सय ४० रूपैयाँ संकलन गरेको छ। चालु आवको ११ महिनाका अवधिमा तीन सय ५१ जना बसाइँसराइ गरी गएका छन् भने दुई सय १५ जना नगरभित्र बसाई सरेर आएका छन्। नगरपालिकाको न्यायिक समितिमा दर्ता भएका २३ उजुरीमध्ये १९ को फछ्र्योट र तीन लाई सम्बन्धित निकायमा सिफारिस गरिएको छ। एक वटा सुनुवाइको प्रक्रियामा छ। रासस


प्रकाशित : सोमबार, असार ४ २०८००६:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend