आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

आकस्मिक बाढीको जोखिममा यी छन् जिल्ला, यी नदीहरुमा बहाव बढ्न सक्ने

images
सोमबार, असार ४ २०८०
images
images
आकस्मिक बाढीको जोखिममा यी छन् जिल्ला, यी नदीहरुमा बहाव बढ्न सक्ने
फाइल तस्बिर

आज भोलि र पर्सी तमोर अरुण र कन्काई नदीको बहाब उल्लेख्य बढ्ने तथा तमोर र कन्काई नदीको जलसतह सतर्ककता तह आसपास रहने पूर्वानुमान महाशाखाले गरेको छ। 

images
images

काठमाडौं-  नेपालमा मनसुन भित्रिएसँगै देशका विभिन्न भू-भागमा विपद् सुरु भएको छ।

images
images
images

बाढी पहिरोमा परी दुई दर्जन बढी बेपत्ता भएका छन् भने कयौँ परिवार विस्थापित भएका छन्। कतै पहिरो खसेर सडक अवरुद्ध भएको छ भने कतै पुल बगाउँदा सास्ती भएको छ। 

images
images

सोमबार पनि विभिन्न जिल्लामा आकस्मिक बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम, इलाम, झापा, दोलखा, लमजुङ, गोरखा भई बहने केही स-साना नदीहरुमा बहाब बढ्न सक्ने तथा केहीमा आकस्मिक बाढीको जोखिम रहने छ।

images
images
images

साथै सिन्धुपाल्चोक, रसुवा, धादिङ, कास्की र आसपास भई बहने केही स-साना नदीहरुमा बहाव बढ्न सक्ने अनुमान छ। देशका अन्य भू-भागका स-साना नदीहरुमा पनि बहाव सामान्य घटबढ हुने अनुमान गरिएको छ। 

आगामी ३ दिन तमोर, अरुण र कन्काई नदीको बहाव उल्लेख्य बढ्ने तथा तमोर र कन्काई नदीको जलसतह सतर्कता तह आसपास रहने पूर्वानुमान रहेको भन्दै नदी तटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। 

आगामी तीन दिन कोशी, नारायणी, कमला, बागमती, पूर्वी राप्ती, कर्णाली, पश्चिम सेती, महाकाली, पश्चिम राप्ती, बबई र यसका सहायक नदीहरुमा जल सतह सतर्कता तहभन्दा तलै रहने महाशाखाको अनुमान छ। 

आज भोलि र पर्सी तमोर, अरुण र कन्काई नदीको बहाब उल्लेख्य बढ्ने तथा तमोर र कन्काई नदीको जलसतह सतर्ककता तह आसपास रहने पूर्वानुमान महाशाखाले गरेको छ। 

flood.png


प्रकाशित : सोमबार, असार ४ २०८००५:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend