आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

विराटनगरस्थित आन्तरिक राजस्व निरीक्षणपछि कर्मचारीलाई अर्थमन्त्री महतले भने - व्यक्तिगत फाइदा नहेर्नू

images
सोमबार, असार ४ २०८०
images
images
विराटनगरस्थित आन्तरिक राजस्व निरीक्षणपछि कर्मचारीलाई अर्थमन्त्री महतले भने - व्यक्तिगत फाइदा नहेर्नू

सेवाग्राहीमाझ सहज रुपमा प्रस्तुत हुन, व्यक्तिगत फाइदा नहेर्न पनि अर्थमन्त्री प्रकाशशरण महतले आग्रह गरे।

images
images

विराटनगर- अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार बिहान विराटनगरस्थित आन्तरिक राजस्व कार्यालयको निरीक्षण गरेका छन्। निरीक्षणका क्रममा मन्त्री डा. महतले राजश्व उठाउने काममा जिम्मेवार र कर्तव्यनिष्ठ भएर लाग्न निर्देशन दिए।

images
images
images

सेवाग्राहीमाझ सहज रुपमा प्रस्तुत हुन, व्यक्तिगत फाइदा नहेर्न आग्रह गर्दै मन्त्री डा. महतले निर्देशनको क्रममा भने, 'कर्तव्यबाट पन्छिने छुट हामी कसैलाई छैन, जिम्मेवारी जे छ त्यसैमा कर्तव्यनिष्ठ भएर काम गर्नुहोला।’

images
images

उनले अहिले करको दायरा फराकिलो बनाइएको भन्दै यसबारे उपभोक्तालाई बुझाउनुपर्ने बताए। ‘अहिले बजेटले करका दायरा फराकिलो बनाएको छ, यसमा तपाईंहरुले सेवाग्राहीलाई राम्रोसँग बुझाउनुपर्छ, मूल्य अभिवृद्धि कर राजश्वको महत्वपूर्ण पक्ष हो तरकारी फलफूलको आयातमा मात्र कर लाग्छ’, मन्त्री डा. महतले भने, ‘आम उपभोक्ताको लागि मूल्य अभिवृद्धि करको बारेमा बुझाउन जरुरी छ।'

images
images
images

मन्त्री महतले आम नागरिकलाई दुःख नदिन पनि आग्रह गरे। मन्त्री महतले भने, ‘म राम्रो काम गर्न आएको हुँ, तपाईंहरुले पनि राम्रो काम गरिरहनु भएको छ र अझै राम्रो काम गर्नु होला। आम नागरिकलाई दुःख दिने काम नगर्नु होला।’

उच्च मनोबलका साथ काम गर्न आग्रह गर्दै मन्त्री डा. महतले भने, ‘कर्तव्यनिष्ठ भएर काम गर्नु होला। आगामी आर्थिक वर्षको राजश्वको लक्ष्य पूरा गर्न सबै मिलेर कर्तव्य निष्ठ भएर काम गर्नुपर्छ।'


प्रकाशित : सोमबार, असार ४ २०८००५:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend