आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

'वान एक्स बेट'को प्रचार गरेर पाँचदेखि ४० लाखसम्म कमाउथे पक्राउ परेका कलाकार

images
आइतबार, असार ३ २०८०
images
images
'वान एक्स बेट'को प्रचार गरेर पाँचदेखि ४० लाखसम्म कमाउथे पक्राउ परेका कलाकार

वान-एक्स बेटको प्रचार गरेको आरोपमा प्रहरीले केही दिनअघि कलाकार मरिचमान श्रेष्ठसहित ८ जनालाई पक्राउ गरेको थियो।

images
images

काठमाडौं- अनलाइन बेटिङमार्फत सट्टेबाजीसम्बन्धी प्रचार गर्दा केही कलाकारहरुले ४० लाख रूपैयाँसम्म लिएको पाइएको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुमाथि गरेको प्रारम्भिक अनुसन्धानका क्रममा ४० लाखसम्म लिएको स्वीकार गरेका छन्। 

images
images
images

पक्राउ परेका आठजना कलाकार तथा युट्युबरमध्ये कतिले पाँच लाख कमाएको र कतिले ४० लाखसम्म कमाइ गरेको बताएको कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा मनोज केसीले जानकारी दिए।

images
images

गत बिहीबार अनलाइन बेटिङ प्लेटफर्ममार्फत सट्टेबाजीसम्बन्धी प्रचार गरेको आरोपमा प्रहरीले बल्छी ध्रुवे भनिने कलाकार मरिचमान श्रेष्ठ र टेलिसिरियल खेलिरहेका राजु मास्टर भनिने राजु पौडेलसहित म्याकुरी भन्ने पवन खतिवडा, एलिश राई, ज्वलन घर्तिमगर, गणेश देवकोटा, सरोज घिमिरे र भटभटे माइला भन्ने वेगम नेपालीलाई पक्राउ गरेको थियो। उनीहरुले पैसा लिएको स्वीकार गरेको केसीले बताए।

images
images
images

उनीहरुले कमिसनबापतको पैसा वान-एक्स बेटमार्फत सिधै दिने गरेको पनि पाइएको छ। केही कलाकारहरुलाई निगरानी गरिरहेको र सिजी वेटका विषमया समेत अनुसन्धान भइरहेको डा केसीले बताए।

कलाकार एवं युट्युबरले विज्ञापन गरी सट्टेबाजीमा युवापुस्तालाई आकर्षण गर्ने गरेको भन्दै प्रहरीले अप्रेसन चलाएको थियो। त्यसको अघिल्लो दिन अनलाइन बेटिङमार्फत सट्टेबाजीको कारोबार गरेको आरोपमा बुधबार मात्रै उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पाँचजना एजेन्टलाई पक्राउ गरेको थियो। उनीहरुले ७४  करोड कारोबार गरेको फेला परेको थियो।

एकजना दिनेश खड्का भन्नेले मात्रै ६४ करोड कारोबार गरेको फेला परेको थियो। उनीहरुको मुद्दामा अहिले प्रहरी परिसरले अनुसन्धान गरिरहेको छ। रासस


प्रकाशित : आइतबार, असार ३ २०८०१२:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend