आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

मैवाखोलाका १० घर उच्च जोखिममा, यातायात र विद्युत् ठप्प

images
आइतबार, असार ३ २०८०
images
images
मैवाखोलाका १० घर उच्च जोखिममा, यातायात र विद्युत् ठप्प
फाइल तस्बिर

बाढी र पहिरोका कारण यस क्षेत्रमा सडक, विद्युत्, पुल र खानेपानी आयोजनामा ठूलो क्षति पुगेको गाउँपालिकाले जनाएको छ। जोखिममा रहेका घर परिवारलाई सुरक्षित क्षेत्रमा बस्न, सतर्कता अपनाउन आग्रह गरिएको छ।

images
images

ताप्लेजुङ- ताप्लेजुङको मैवाखोला गाउँपालिकाका १० वटा घर पहिरोको उच्च जोखिममा परेका छन्।

images
images
images

गएरातिको वर्षाका कारण ओदक र ताम्राङ बस्तीका दश घर उच्च जोखिममा रहेको गाउँपालिकाले जनाएको छ। दुवै क्षेत्रमा थप २६ वटा घर पनि जोखिमै छन्। रातभर परेको मुसलधारे वर्षाका कारण विभिन्न क्षेत्रमा पुगेको क्षतिको विवरण यकिन गर्दै गाउँपालिकाले थप क्षति र जोखिम न्यूनीकरणका लागि आवश्यक पहल सुरु गरेको छ। 

images
images

बाढी र पहिरोको जोखिममा रहेका घर परिवारलाई सुरक्षित क्षेत्रमा बस्न गाउँपालिकाले सतर्कता अपनाउन आग्रह गरेको छ। साथै विस्थापित भई अन्यत्र आश्रय लिएका केही परिवारलाई त्रिपालसहितका राहत सामग्री वितरण गरेको छ।

images
images
images

बाढी र पहिरोका कारण यस क्षेत्रमा सडक, विद्युत्, पुल र खानेपानी आयोजनामा ठूलो क्षति पुगेको गाउँपालिकाले जनाएको छ। बाढीले मदन भण्डारी राजमार्ग अन्तर्गत मैवाखोला-२ र ३ जोड्ने माङ्माया खोलामा रहेको मोटरेवल पुल बगाएको छ। साथै माङ्माया खोला, भालुढुंगा र खार्ते खोलाका झोलुंगे पुल समेत पूर्णरुपमा क्षतिग्रस्त भएका छन्। 

मैवाखोला-१ र मेरिङ्देन जोड्ने खोलाको झोलुंगे पुलमा पनि क्षति पुगेको छ। बाढी पहिरोले गाउँपालिकाका विभिन्न जलविद्युत् आयोजनामा क्षति पुगेपछि सेवा अवरुद्ध भएको छ। कुल १८ किलोवाट क्षमताको लोदुम्बा माइक्रो हाइड्रोको ट्यांकी र पाइप पहिरोले बगाएको छ। यस्तै ३६ किलोवाट क्षमताको याम्फेवा हाइड्रो पूर्णरुपमा क्षतिग्रस्त बनेको छ भने माङ्माया १ र २ मा रहेका ३२ र ६२ किलोवाट क्षमताका माइक्रो हाइड्रो पनि पूर्णरुपमा क्षतिग्रस्त भएका छन्। ठाडेखोला लघु जलविद्युत् आयोजना पूर्णरुपमा क्षतिग्रस्त भएको छ भने केन्द्रीय प्रशारण लाइनको पोल ढल्दा विद्युत् अवरुद्ध बनेको  । नेरुवा खोलाको काठे पुल र माङ्माया खोला सुन्तले नजिकैको झोलुंगे पुल बाढीले बगाएको छ।

बाढीले विभिन्न खानेपानी आयोजनामा क्षति पुर्‍याउँदा खानेपानीको अभाव भएको छ। साँघुरी पाटी र कोलडाँडा खानेपानी आयोजनाको मुहान पूर्णरुपमा क्षतिग्रस्त भएका छन्। मजुवा ताम्राङ बृहत् खानेपानी आयोजना र नेरुवा पाङ्मा सिचाँई आयोजनाको मुहानमा पनि क्षति पुगेको छ।

ठाडेखोला लघु जलविद्युत् आयोजनामा कार्यरत अपरेटर भिमबहादुर तामाङ घाइते भई स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको गाउँपालिकाले जनाएको छ। पहिरोमा पशुचौपाया समेत पुरिएका छन्। 

गाउँपालिका विपद् व्यवस्थापन समितिले क्षतिको विवरण यकिन गरी राहत, उद्धार र थप जोखिम न्यूनीकरणका सम्बन्धमा आवश्यक निर्णय लिन आज बैठक बसेको थियो। सम्भावित जोखिम र क्षति हुनबाट नागरिकलाई बचाउने विषयमा गाउँपालिका सतर्क रहेको र यसमा सहयोग गर्न माथिल्लो निकायसँग समेत आवश्यक समन्वय भइरहेको गाउँपालिका अध्यक्ष बिजयप्रकाश वनेमले बताए। रासस


प्रकाशित : आइतबार, असार ३ २०८०१२:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend