आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

बाढीले १३ विद्युत आयोजनामा करोडौँको क्षति, निर्माणमा संलग्न ४ कामदारको मृत्यु, १८ बेपत्ता 

images
आइतबार, असार ३ २०८०
images
images
बाढीले १३ विद्युत आयोजनामा करोडौँको क्षति, निर्माणमा संलग्न ४ कामदारको मृत्यु, १८ बेपत्ता 

मनसुन सुरु भएको १/२ दिनमै बाढी पहिरोले यो हदसम्मको क्षति पुर्‍याएकोले आगामी दिनमा जलविद्युत प्रवर्द्धक र आयोजनामा खटिएका कर्मचारी मजदूरहरू सबैले उच्च सतर्कता अपनाएर काम गर्न पनि इप्पानले अनुरोध गरेको छ।

images
images

काठमाडौं- नेपालको पूर्वी भेगमा असार १ र २ गते आएको बाढीले दर्जन बढी जलविद्युत आयोजनामा क्षति पुर्‍याएको छ।

images
images
images

कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ र पाँचथर जिल्लामा निर्माणाधिन तथा निर्माण सम्पन्न भएका १५० मेगावाट क्षमताका १३ वटा जलविद्युत आयोजनामा करोडौँ रुपैयाँ बराबरको क्षति पुर्‍याएको इप्पानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

images
images

'आयोजनामा भएको अपुरणीय क्षतिलाई सम्बोधन गर्न यथाशिघ्र राहत र उद्धार तथा वेपत्ताहरूको खोजीकार्यका लागि स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) स्थानीय प्रसाशन, स्थानीय सरकार र नेपाल सरकारसँग अनुरोध गर्दछ।' इप्पान अध्यक्ष गणेश कार्कीले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

images
images
images

बाढीले संखुवासभामा हेवा खोला, पिलुवा खोला र सवा खोला नदी बेशिनमा बनेका, अपर हेवा खोला ८.५ मेगावाट, हेवा खोला ४.५ मेगावाट, सुपर हेवा खोला ५ मेगावाट, अपर पिलुवा खोला ४ मेगावाट, डाउन पिलुवा ९.९ मेगावाट, पिलुवा खोला ५ मेगावाट र सवा खोला ४ मेगावाट लगायतका आयोजनाहरूमा क्षति पुर्‍याएको छ। सुपर हेवा खोलामा कार्यरत १८ जना मजदूर र कर्मचारी बेपत्ता भएका छन्। अहिलेसम्म ४ जना मृत फेला परेका छन्। घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मृतक मजदूर तथा कर्मचारीप्रति इप्पानले गहिरो समवेदना व्यक्त गरेको छ।

त्यसैगरि ताप्लेजुङ र पाँचथर जिल्लामा इङ्गुवा, इवा, काबेली र हेवा खोला नदी बेशिनमा बनेका आयोजनाहरु इङ्गुवा खोला १० मेगावाट, इवा खोला १० मेगावाट, काबेली बी-१ २५ मेगावाट, काबेली बी-१ क्यासकेड १० मेगावाट, हेवा खोला ए १५ मेगावाट, हेवा खोला ५ मेगावाट, लोअर हेवा खोला २२ मेगावाटका आयोजनामा बाढीले क्षति पुर्‍याएको इप्पानले उल्लेख गरेको छ। 

मनसुन सुरु भएको १/२ दिनमै बाढी पहिरोले यो हदसम्मको क्षति पुर्‍याएकोले आगामी दिनमा जलविद्युत प्रवर्द्धक र आयोजनामा खटिएका कर्मचारी मजदूरहरू सबैले उच्च सतर्कता अपनाएर काम गर्न पनि इप्पानले अनुरोध गरेको छ। त्यस्तै, सबै 'कभरेज' हुने गरि बीमा गर्न जलविद्युत प्रवर्द्धकहरूलाई इप्पानले आग्रह गरेको छ।


प्रकाशित : आइतबार, असार ३ २०८०११:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend