आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

हेवाखोलामा बेलिब्रिज राखिने

images
आइतबार, असार ३ २०८०
images
images
हेवाखोलामा बेलिब्रिज राखिने

बाढीले पुल बगाएपछि मेची राजमार्ग पूर्णरूपमा अवरुद्ध छ।

images
images

काठमाडौं- मेची राजमार्गको हेवाखोलामा बेलिब्रिज राखिने भएको छ। गए रातिदेखिको अविरल वर्षा र बाढीले आज बिहान पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोड्ने पुल बगाएपछि उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा त्यहाँ बेलिब्रिज पठाउन लागिएको हो।

images
images
images

प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले खोज तथा उद्धारका लागि सम्बन्धित निकायको जिम्मेवारी तथा उपकरणको विवरण तय भइसकेको र बेलिब्रिज पठाउन लागिएको जानकारी दिए। हेवाखोलामा सडक विभागको इटहरीस्थित कार्यालयबाट बेलिब्रिज पठाउन लागिएको गृहमन्त्रालयले जनाएको छ । 

images
images

विभागका महानिर्देशक सुशीलबाबु ढकालले प्राविधिक टोलीसहित आजै बेलिबिज्र पठाउने तयारी भइरहेको जानकारी दिए। बाढीले पुल बगाएपछि मेची राजमार्ग पूर्णरूपमा अवरुद्ध छ। रासस

images
images
images


प्रकाशित : आइतबार, असार ३ २०८०११:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend