आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

इन्जिनियरहरूले थाले बस्नलायक काठमाडौं उपत्यका बनाउने अभियान

images
आइतबार, असार ३ २०८०
images
images
इन्जिनियरहरूले थाले बस्नलायक काठमाडौं उपत्यका बनाउने अभियान

काठमाडौं उपत्यकामा बढ्दो जनसंख्या तथा अनियन्त्रित विकास निर्माण कार्यबाट बसोबास गर्ने सबै उपत्यकावासीलाई प्रभाव परिरहेको विषयमा ध्यान दिएर अभियान सुरु गरेको हो।

images
images

काठमाडौं- इन्जिनियरहरूले ‘राष्ट्र निर्माणमा समर्पित’ भन्ने नारासहित बस्नयोग्य काठमाडौं निर्माण अभियान चलाउने भएका छन्। डेमोक्रेटिक इन्जिनियर्स एलाइन्सले आइतबार विज्ञहरूसँग छलफल गरेर अभियान सुरु गरेको हो।

images
images
images

काठमाडौं उपत्यकामा बढ्दो जनसंख्या तथा अनियन्त्रित विकास निर्माण कार्यबाट बसोबास गर्ने सबै उपत्यकावासीलाई प्रभाव परिरहेको विषयमा ध्यान दिएर अभियान सुरु गरेको एलाइन्सका अध्यक्ष ई. ध्रुप थापाले बताए। ‘दिगो र बस्नलायक सहरको रुपमा विकसित गर्नु आजको चुनौती रहेको छ,’ अध्यक्ष थापाले भने। 

images
images

राष्ट्रको विकासमा क्षमता प्रदान र सहयोग गर्ने सबै सरोकारवालाबीच समन्वयात्मक सहकार्य गरी अघि बढ्न अभियान सुरु गरेको अध्यक्ष थापाले बताए। ‘विभिन्न विधामा अनुभव हासिल गर्नका लागि बरिष्ठ इन्जिनियर तथा मूल पुस्ताको ज्ञानलाई समेत समायोजन गर्दै जाने उद्देश्यले अभियान सुरु गरेको हो,’ थापाले भने। 

images
images
images

काठमाडौं उपत्यकालाई बस्नलायक सहर बनाउनका लागि पहिलो चरणको छलफल गरेको हो। कार्यक्रममा एसियाली विकास बैंकका पूर्वउपाध्यक्ष डा. विन्दुनाथ लोहनी प्रमुख वक्ताको रुपमा सहभागी भएका थिए। कार्यक्रममा आधा दर्जन विज्ञहरुले काठमाडौं उपत्यकाको विकासका सम्बन्धमा आफ्नो धारण राखेका थिए। 

 


प्रकाशित : आइतबार, असार ३ २०८०११:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend