आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

लमजुङको पहिरोले मनाङ यात्रामा सकस

images
आइतबार, असार ३ २०८०
images
images
लमजुङको पहिरोले मनाङ यात्रामा सकस
फाइल तस्बिर।

लमजुङको खरखरेमा पहिरोले बाटो अवरुद्ध हुँदा हिमाली जिल्ला मनाङको यात्रामा कठिनाइ भएको स्थानीय बताउँछन्।

images
images

मनाङ- शनिबार यहाँ वर्षा हुँदा डुम्रे-बेँसीशहर-चामे सडक खण्डअन्तर्गत लमजुङको बेँसीशहर नगरपालिका-९ खरखरेमा पहिरोले बाटो अवरुद्ध भएको छ। बाटो अवरुद्ध हुँदा हिमाली जिल्ला मनाङको यात्रा सकस भएको स्थानीयवासीले बताए।

images
images
images

वर्षासँगै पहिरो खसेर सडक अवरुद्ध भएकाले हटाउनका लागि डुम्रे-बेँसीसहर-चामे सडक योजना कार्यालयले एक्साभेटरलगायत सामग्री तयारी अवस्थामा राखेको छ। 

images
images

मनाङको मेरुदण्डको रूपमा रहेको उक्त सडक अवरुद्ध हुन नदिन ती उपकरण तयारी अवस्थामा राखिएको कार्यालयका सब-इन्जिनियर एवं साइड इञ्चार्ज सुमन अधिकारीले जानकारी दिए।

images
images
images

'वर्षायाम लाग्नासाथ यस मार्गमा यात्रा नै सकस हुन्छ, मनाङ पर्यटकीय क्षेत्रसमेत भएकाले मनाङवासी र पर्यटकलाई सहजरूपमा यात्रा गर्ने वातावरण बनाउन एक्साभेटरलगायत उपकरण राखेका छौँ, समस्या हुनासाथ सफा गरी सडक चालु गराउने छौँ', उनले भने, 'मनाङको यात्रा अन्य समयमा पनि जोखिम हुन्छ तर वर्षायाममा अझ बढी जोखिम हुन्छ, जोखिमलाई न्यूनीकरण गर्न नसके पनि सडक सहज बनाउने कार्यमा प्रतिबद्ध छौंँ। यसरी ठाउँ-ठाउँमा एक्साभेटर तयारी अवस्थामा राखिए दोहोरो तर्फबाट पहिरो हटाउन सहज हुने हुन्छ।'

सब-इन्जिनियर अधिकारीले भने, 'यात्रा सकस हुन्छ भनेर यात्रा पछि सार्नुपर्ने अवस्था छैन, यात्रा गर्न सक्नुहुन्छ। मनाङ आउने पर्यटकले कस्तो होला भन्दै बस्नुपर्ने अवस्था छैन।'

प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुंगेलले वर्षायामको समयमा मनाङको सडक अवरुद्ध हुन नदिन उक्त सडक योजनालाई अनुरोध गरिएको जानकारी दिइन्। उनले भनिन्, 'विकट क्षेत्र भनेर सधैँ सडक अवरुद्ध भएर बस्नुपर्ने बाध्यता हटाउन योजनासँग समन्वय गरिएको छ, यसवर्ष यो सडकमा लामो समय सडक अवरुद्ध भएर बस्नुपर्ने हुँदैन।'

एक सय सात किलोमिटरमध्ये ३५ किलोमिटर लमजुङ जिल्लाको भाग पर्दछ भने ६५ किलोमिटर मनाङमा पर्दछ। यस आयोजनाले मनाङको सदरमुकाम चामेसम्मको खण्डको काम गर्ने गर्दछ। वर्षायाम बाहेक अन्य अवस्थामा पनि उक्त सडकमा सुख्खा पहिरो खस्ने समस्या भइरहन्छ। यस्तो समस्या तुरुन्तै समाधान गर्न नसकिने भए पनि लामो समय नलाग्ने गरी अवरुद्ध सडक खुलाउन सकिएमा स्थानीयवासीले भोग्नुपर्ने सास्ती न्यूनीकरण हुन्छ। रासस


प्रकाशित : आइतबार, असार ३ २०८००९:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend