आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

११ महिनामा २८४ उद्योगमा २ खर्बभन्दा बढीको लगानी प्रतिबद्धता, कस्ता उद्योगमा कति हुँदैछ लगानी?

उद्योग संख्या बढे पनि लगानी प्रतिवद्धता एक खर्बले कम

images
आइतबार, असार ३ २०८०
images
images
११ महिनामा २८४ उद्योगमा २ खर्बभन्दा बढीको लगानी प्रतिबद्धता, कस्ता उद्योगमा कति हुँदैछ लगानी?

चालु आवको ११ महिनामा थप २ सय २८ वटा उद्योग दर्ता भएका छन्। उद्योग विभागमा अनुसार स्वदेशी तथा विदेशी लगानीका २ सय ८३ वटा उद्योग  दर्ता भएका छन्। दर्ता भएका उद्योगमा २ अर्ब ५ अर्ब १८करोड ५१ लाख ८१ हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ।

images
images

काठमाडौं- चालु आवको ११ महिनामा थप २ सय ८४ वटा उद्योग दर्ता भएका छन्। उद्योग विभागका अनुसार स्वदेशी तथा विदेशी लगानीका २ सय ८४ वटा उद्योग दर्ता भएका छन्। दर्ता भएका उद्योगमा २ अर्ब ५ अर्ब १८ करोड ५१ लाख ८१ हजार रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ।

images
images
images

चालु आवको ११ महिनामा दर्ता भएको उद्योगको संख्या गत आवको सोही अविधको भन्दा बढी हो। गत आवको ११ महिनमा जम्मा २ सय ७९ उद्योग दर्ता भएका थिए। तर दर्ता उद्योगमा आएको लगानी प्रतिबद्धता भने गत आवको तुलनमा चालु आवमा १ खर्ब हारहारीले कम हो।

images
images

गत आवको ११ महिनामा २ सय ७९ उद्योगमा ३ खर्ब ३ अर्ब ९३ करोड ३३ लाख रुपैयाँ बरारबरको लगानी प्रतिबद्धता आएको थयो। 

images
images
images

कुन क्षेत्रको उद्योगमा कति लगानी प्रतिबद्धता?

चालु आर्थिक वर्षको ११ महिनमा कृषि तथा वनजन्य उद्योगतर्फ ६ वटा उद्योगमा लगानी प्रतिबद्धता आएको छ। यो क्षेत्रका उद्योगमा ९५ करोड ७७ लाख रुपैयाँको लगानी प्रतिबद्धता आएको छ। 

विभागका अनुसार सबैभन्दा बढी लगानी प्रतिबद्धता आएको क्षेत्र ऊर्जा क्षेत्र हो। यो क्षेत्रका ४१ नयाँ योजनामा १ खर्ब ८ करोड रुपैयाँको लगानी प्रतिबद्धता आएको छ।

यसैगरी विभागका अनुसार सूचना प्रविधि क्षेत्र तर्फ ११ वटा उद्योगमा  ६७ करोड ६४ लाखको लगानी प्रतिबद्धता आएको छ। साथै पूर्वाधारतर्फ एक उद्योगमा १३ करोड ३१ लाख रुपैयाँको लगानी प्रतिबद्धता आएको छ।

सबैभन्दा बढी दर्ता उद्योग भने उत्पादनमूलक उद्योग रहेका छन्। उत्पादनमूलक उद्योगतर्फ १ सय ७ वटा उद्योगमा  ४० अर्ब ४३ करोड रुपैयाँको लगानी प्रतिबद्धता आएको छ।

विभागका अनुसार ११ महिनामा ५४ वटा होटलमा २३ अर्ब ९१ करोड रुपैयाँको लगानी प्रतिबद्धता आएको छ।

यसैगरी सर्भिस क्षेत्रमा ५९ उद्योगमा ३० अर्ब १४ करोड रुपैयाँ र खनिज क्षेत्रका उद्योगतर्फ ४ वटा उद्योगमा ७६ करोड ४७ लाखको लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ।


प्रकाशित : आइतबार, असार ३ २०८००५:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend