आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

घरजग्गा कारोबारीलाई बागमती प्रदेशको राहत, रजिस्ट्रेसन लिखतको कर घट्यो

images
आइतबार, असार ३ २०८०
images
images
घरजग्गा कारोबारीलाई बागमती प्रदेशको राहत, रजिस्ट्रेसन लिखतको कर घट्यो

बागमती प्रदेश सरकारले घरजग्गा कारोबारमा लाग्दै आएको बागमती सभ्यता क्षेत्र सुधार तथा विकास शुल्क घटाउने निर्णय बजेटमार्फत गरेको हो।

images
images

काठमाडौं- उपत्यकाभित्रको घरजग्गा कारोबारमा सरकारलाई तिर्नुपर्ने राजस्व रकम केही कम हुने भएको छ। बागमती प्रदेशले घरजग्गा रजिस्ट्रेसन शुल्कमा संशोधन गर्ने नीति लिएसँगै घरजग्गाको कारोबारमा लाग्ने कर कम हुने भएको हो।

images
images
images

बागमती प्रदेश सरकारले घरजग्गा कारोबारमा लाग्दै आएको बागमती सभ्यता क्षेत्र सुधार तथा विकास शुल्क घटाउने निर्णय बजेटमार्फत गरेको हो।

images
images

यसअघि बागमती प्रदेश सरकारले घरजग्गा रजिस्ट्रेसन गर्दा नै घरजग्गाको कारोबारमा बागमती सभ्यता क्षेत्र सुधार तथा विकास शुल्क लिँदै आएको थियो। यो शीर्षकमा काठमाडौं उपत्यकामा घरजग्गा कारोबार गर्दा रजिस्ट्रेसन लिखतको ०.५ प्रतिशत बागमती सभ्यता कोषमा संकलन हुने गरेको थियो। 

images
images
images

कोषमा संकलन भएको रकमको विषयमा महालेखाले समेत प्रश्न गरिरहेको थियो। यो कोषमा १२ अर्ब रूपैयाँ हाराहारीमा रकम संकलन समेत भइरहेको छ। संकलन रकम खर्चको विषयमा महालेखाले प्रश्न उठाएको थियो।

अब यो शीर्षकमा रकम तिर्नु नपर्दा १ करोड रूपैयाँको जग्गा कारोबारमा ५० हजार रूपैयाँ छुट हुने छ।


प्रकाशित : आइतबार, असार ३ २०८००५:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend