आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

हेटौँडा उपमहानगरले ल्यायो दुई अर्ब ६० करोडको बजेट

images
शनिबार, असार २ २०८०
images
images
हेटौँडा उपमहानगरले ल्यायो दुई अर्ब ६० करोडको बजेट

चालु आवमा तीन अर्ब ३३ करोड १३ लाख ४५ हजार संशोधित स्वीकृत अनुमान गरेकामा हालसम्म एक अर्ब ७० करोड ७२ लाख ३८ हजार ९८८ राजस्व तथा अनुदान संकलन भएको उपप्रमुख राजेश बानियाँले जानकारी दिए।

images
images

मनहरी- हेटौँडा उपमहानरगपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम कार्यान्वयनका लागि दुई अर्ब ६० करोड ६५ लाख ४० हजार आठ सय रूपैयाँ अनुमानित बजेट विनियोजन गरेको छ। 

images
images
images

आज आयोजित १३औँ नगर सभाबाट उपप्रमुख राजेश बानियाँले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका हुन्। उनले आगामी आर्थिक वर्षका लागि खर्च ब्यहोर्ने स्रोतमध्ये आन्तरिक स्रोतबाट ८३ करोड ६६ लाख ६२ हजार, राजस्व बाँडफाँटबाट ५९ करोड १४ लाख १० हजार, प्रदेश सरकारको विभिन्न शीर्षकअन्तर्गत अनुदानबाट तीन करोड ३४ लाख ६८ हजार, संघीय सरकारको अनुदानबाट एक अर्ब १४ करोड ५० लाख रूपैयाँबाट ब्यहोरिने जानकारी दिए। उपप्रमुख बानियाँले क्षेत्रगत रुपमा नगरभित्रका विकासका लागि बजेट प्रस्तुत गरेका थिए। 

images
images

उपप्रमुख बानियाँले सभामा नगरको प्रगति समीक्षा गर्दै चालु आवमा तीन अर्ब ३३ करोड १३ लाख ४५ हजार संशोधित स्वीकृत अनुमान गरेकामा हालसम्म एक अर्ब ७० करोड ७२ लाख ३८ हजार ९८८ राजस्व तथा अनुदान संकलन भएको जानकारी दिए। उनका अनुसार बजेट तथा खर्चको विवरणअन्तर्गत चालुतर्फ एक अर्ब ५६ करोड ५८ लाख ५७ हजार रूपैयाँ विनियोजन भएकामा एक अर्ब सात करोड ६६ लाख ७० हजार रूपैयाँ खर्च भएको छ।

images
images
images

उपप्रमुख बानियाँले पूँजीगततर्फ कूल एक अर्ब ६५ करोड ३९ लाख ८७ हजार रूपैयाँ बजेट विनियोजन भएकामा हालसम्म ७० करोड ७९ लाख १३ हजार रूपैयाँ खर्च भएको बताए। वित्तीय व्यवस्थातर्फ एक करोड १५ लाख विनियोजन भएकामा ८५ लाख ६५ हजार रूपैयाँ खर्च भएको उनले जानकारी दिए। रासस


प्रकाशित : शनिबार, असार २ २०८००९:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend