मंगलबार, वैशाख २३ गते २०८२    
मंगलबार, वैशाख २३ २०८२
images
images

तिहारमा बिक्री भयो ३१ सय सुनका सिक्का

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, कात्तिक १९ २०७८
images
तिहारमा बिक्री भयो ३१ सय सुनका सिक्का

पाँच ग्राम असर्फीको मूल्य ४० हजार ४३८ रुपैयाँ र २ दशमलव ५ ग्राम असर्फीको विक्री मूल्य २० हजार २१९ निर्धारण गरेर बिक्री गरिएको टक्सार विभागले जनाएको छ।

images
images

काठमाडौं- नेपाल राष्ट्र बैंकको बबरमहलस्थित टक्सार विभागबाट तिहारमा ३ हजार १ सय वटा सुनका सिक्का बिक्री भएको छ। 

images
images
images

तिहारमा सिक्का बिक्रीका लागि विभागले आह्वान गरेपछि गएको सोमबार र मंगलबार सुन र चाँदीको असर्फी किन्नेहरुको घुँइचो लागेको थियो। सुनका सिक्का (असर्फी) किन्न विभागले हरेक दिन कोटा निर्धारण गरेका कारण कतिपय खाली हात नै समेत फर्कनुपर्‍यो। 

images
images

टक्सार विभागले गणेश र लक्ष्मीको फोटो अंकित असर्फी तयार गरेर बेचेको थियो। पाँच ग्राम असर्फीको मूल्य ४० हजार ४३८ रुपैयाँ र २ दशमलव ५ ग्राम असर्फीको विक्री मूल्य २० हजार २१९ निर्धारण गरेर बिक्री गरिएको टक्सार विभागले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

images
images

नेपालमा सिक्का उत्पादन गर्न छाडेपनि टक्सार विभागले दसैँ र तिहारको अवसर पारेर असर्फी र चाँदीको सिक्का बनाउने गरेको हो।

तिहारमा १० ग्रामका असर्फी ५ सय वटा, ५ ग्रामका १ हजार वटा र २.५ ग्रामका १ हजार ६ सय वटा गरी ३ हजार १ सय वटा असर्फी बिक्री भएको विभागले जनाएको छ।


प्रकाशित : शुक्रबार, कात्तिक १९ २०७८०६:०६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend