आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

गण्डकी प्रदेशले ल्यायो ३३ अर्ब ४२ करोड रुपैयाँको बजेट

images
शुक्रबार, असार १ २०८०
images
images
गण्डकी प्रदेशले ल्यायो ३३ अर्ब ४२ करोड रुपैयाँको बजेट

गण्डकी प्रदेश सरकारले आगामी आवको वर्ष २०८०/०८१ का लागि ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ।

images
images

काठमाडौं- गण्डकी प्रदेश सरकारले आगामी आवको वर्ष २०८०/०८१ का लागि ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ।

images
images
images

शुक्रबार बसेको प्रदेशसभा बैठकमा आर्थिक मामिलामन्त्री जितप्रकाश आलेले बजेट प्रस्तुत गरेका थिए।

images
images

पुँजीगततर्फ २० अर्ब १९ करोड ६२ लाख र चालुतर्फ १२ अर्ब १३ करोड ६७ लाख रुपैयाँको बजेट ल्याएको हो। बजेटमा सरकारले आन्तरिक ऋणलाई पनि निरन्तरता दिएको छ। 

images
images
images

संघीय सरकारबाट १ अर्ब र आन्तरिक ऋण १ अर्ब लिने भएको छ। वित्तीय व्यवस्थापनतर्फ ५० करोड छुट्ट्याइएको छ।

आगामी आवको बजेट चालु आवको बजेटभन्दा साढे २ अर्ब रुपैयाँले कमी हो। चालु आवका लागि गण्डकी प्रदेशले ३५ अर्ब ९० करोड रुपैयाँ बजेट ल्याएको हो।


प्रकाशित : शुक्रबार, असार १ २०८०११:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend