आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

अब २० रुपैयाँमै घुम्न सकिन्छ वीरेन्द्रनगर

images
शुक्रबार, असार १ २०८०
images
images
अब २० रुपैयाँमै घुम्न सकिन्छ वीरेन्द्रनगर

वीरेन्द्रनगरमा एक चोकबाट अर्को चोकसम्म पुग्न भाडादर २० रुपैयाँ कायम गरिएको सुर्खेत काँक्रेविहार यातायात प्रालिका अध्यक्ष रमेश सापकोटाले बताए।

images
images

कर्णाली- कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आजदेखि नगर माइक्रो बस सेवा सञ्चालनमा आएको छ। सेवा सञ्चालनमा आएसँगै २० रुपैयाँमा वीरेन्द्रनगर घुम्न सकिने भएको हो।

images
images
images

आज वीरेन्द्रनगर नगर माइक्रोबस सेवाको उद्घाटन गर्नुहुदै नरपालिकाका प्रमुख मोहनमाया ढकालले सहुलियतमा नगर बस सेवा आरम्भ भएसँगै नगरवासीलाई सहज हुने बताए। नागरिकको आवश्यकतानुसार नगर माइक्रो बस सेवाले सुरक्षित र भरपर्दो सेवा प्रदान गर्ने विश्वास व्यक्त गर्दै उनले सुरक्षित वीरेन्द्रनगर बनाउने अभियानमा नगरपालिका लागेको बताए। 

images
images

व्यवसायीका आवश्यक मागका सम्बन्धमा नगरपालिका गम्भीर रहेको बताउँदै नगरप्रमुख ढकालले अटोरिक्साको मनलाग्दी भाडाका कारण आजित बनेका नागरिकलाई नगर माइक्रो सेवाले राहत दिने विश्वास व्यक्त गरे। उनका अनुसार नगर माइक्रो बस सेवा संयुक्त काउन्टरबाट सञ्चालन हुनेछ।

images
images
images

वीरेन्द्रनगरमा एक चोकबाट अर्को चोकसम्म पुग्न भाडादर २० रुपैयाँ कायम गरिएको सुर्खेत काँक्रेविहार यातायात प्रालिका अध्यक्ष रमेश सापकोटाले बताए।

बस  मंगलगढी-काँक्रेविहार, मंगलगढी-एयरपोट चोक-बामेखोला, मंगलगढी-गणेशचोक-आँखा अस्पताल चोक हुँदै कालिञ्चोक-नेवारे पिपिरा, गणेशचोक-प्रदेश अस्पताल-बांगेसिमल रुट जोडिने र गणेश चोक-कारागार-टेलिकम हुँदै कपासे रुटसमेत थप गरिने उनले जानकारी दिए। 

यात्रुलाई सहज सेवा दिनका लागि सहुलियत भाडादर कायम गरिएको अध्यक्ष सापकोटाले बताए। उनका अनुसार अहिले मुख्यतः चार लेन सडकको धुलियाबिटबाट मंगलगढी-यरिचोक हुँदै मूलपानी चोकबाट प्रदेश अस्पताल भएर बांगेसिमलसम्म पुग्ने गरी माइक्रो बस सेवा सञ्चालन गरिएको छ। दश माइक्रो बस १०-१० मिनेटको फरकमा छुट्याइने छ।

सुर्खेतमा अटोरिक्सामा प्रतिकिलोमिटर ५० देखि एक सय ५० रुपैयाँसम्म भाडा लिने गरेकामा नगर बस सेवा सञ्चालनमा आएपछि राहत हुने खबरले यहाँका नागरिकले सेवाको स्वागत गरेका छन्। रासस


प्रकाशित : शुक्रबार, असार १ २०८०११:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend