बुधबार, वैशाख ३१ गते २०८२    
बुधबार, वैशाख ३१ २०८२
images
images

एभरेष्ट बैंकको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई अस्पताल बनाउन १० लाख सहयाेग

images
शुक्रबार, असार १ २०८०
images
एभरेष्ट बैंकको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई अस्पताल बनाउन १० लाख सहयाेग
images
images

काठमाडौं- एभरेष्ट बैंक लिमिटेडले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई अस्पताल भवन निर्माण कार्यका लागि आर्थिक सहयोग गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक सहयोग गरेको हो।

images
images
images

बाल स्वास्थका क्षेत्रमा बहुविशिष्टीकृत अस्पताल सञ्चालन गर्न, तालिम तथा दक्ष जनशक्ति तयार गरी गुणस्तर वृद्धि र नियमनका विधि र प्रक्रियाको विकास तथा नीति निर्धारण गर्न लगायतका कार्य गर्ने गरी सबै प्रादेशिक बाल अस्पतालहरुका लागि श्रोत केन्द्रको रुपमा केन्द्रिय बाल अस्पताल सञ्चालनार्थ स्थापित संस्थालाई सहयोग गरेको हो।

images
images

बैंकले १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ। एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले अस्पतालका अध्यक्ष प्रा। डा। भगवान कोइरालालाई एक कार्यक्रमका बिच चेक हस्तान्तरण गरेका छन्। 

images
images

यसबाट बाल अस्पताल निमार्ण लक्ष्यमा टेवा पुग्ने र बालबालिकाहरुले सुलभ तथा गुणस्तरीय स्वास्थ सेवा प्राप्त गर्ने विश्वास बैंकले लिएको छ। कार्यक्रममा नायब महाप्रबन्धक केशवराज पौडेल लगायत अन्य विशिष्ट व्यक्तिहरुकोसमेत उपस्थिति थियो। 


प्रकाशित : शुक्रबार, असार १ २०८००९:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend