मंगलबार, वैशाख २३ गते २०८२    
मंगलबार, वैशाख २३ २०८२
images
images

प्रतिसिलिण्डर खाना पकाउने ग्यासमा निगमलाई ७ सय २१ रुपैयाँ घाटा, कुन इन्धनमा कति?

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, कात्तिक १९ २०७८
images
प्रतिसिलिण्डर खाना पकाउने ग्यासमा निगमलाई ७ सय २१ रुपैयाँ घाटा, कुन इन्धनमा कति?

निगमले खाना पकाउने एलपी ग्यासमा मात्रै प्रतिसिलिण्डर ७ सय २१ रुपैयाँ ६९ पैसा घाटा खाएर उपभोक्तालाई बिक्री गरिरहेको छ।

images
images

काठमाडौं- नेपाल आयल निगम पछिल्लो ६ महिनादेखि निरन्तर घाटामा रहेको छ। निगमले घाटा बढ्दै गएपछि तेल खरिदका लागि पहिलेको बचत रकम प्रयोग गर्दै आएको छ।

images
images
images

निगमले २० अर्ब रुपैयाँ बैंकबाट निकालेर तेल खरिद गर्ने निर्णय समेत गर्दै आएको छ। निगमलाई पछिल्लो १५ दिनमा मात्रै ३ अर्ब रुपैयाँ भन्दा बढी घाटा हुने भएको छ।

images
images

निगमले खाना पकाउने एलपी ग्यासमा मात्रै प्रतिसिलिण्डर ७ सय २१ रुपैयाँ ६९ पैसा घाटा खाएर उपभोक्तालाई बिक्री गरिरहेको छ।

images
images

निगमले खाना पकाउने ग्यास प्रतिसिलिण्ड १५ सय रुपैयाँमा बिक्री गरिरहेको छ। यसैगी निगमलाई पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ ४ पैसा र डिजलमा प्रतिलिटर १५ रुपैयाँ ६२ पैसा घाटा खाँदै बिक्री गरिरहेको छ।

तर, मट्टितेलमा भने निगमलाई  प्रतिलिटर १३ रुपैयाँ ०५ पैसा फाइदा रहेको छ। निगमले उपभोक्तालाई अहिले प्रतिलिटर पेट्रोल १ सय ३३ रुपैयाँ र डिजल÷मट्टितेल १ सय १६ रुपैयाँमा बिक्री गर्दै आएको छ।

यसैगरी निगमलाई आन्तरिक हवाई इन्धनमा पनि प्रतिलिटर ०.०१ रुपैयाँ मात्रै घाटा छ। यसैगरी अन्तर्राष्ट्रिय हवाई इन्धनमा भने प्रतिकिलो लिटर १४.२४ डलर फाइदा रहेको छ।


प्रकाशित : शुक्रबार, कात्तिक १९ २०७८०५:२९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend