मंगलबार, वैशाख २३ गते २०८२    
मंगलबार, वैशाख २३ २०८२
images
images

फाइजर खोप खरिद प्रक्रिया अघि बढेको छ : स्वास्थ्य मन्त्रालय

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , कात्तिक १८ २०७८
images
फाइजर खोप खरिद प्रक्रिया अघि बढेको छ : स्वास्थ्य मन्त्रालय

खोप खरिद प्रक्रिया रोकिएको भन्ने समाचारमा कुनै सत्यता नरहेको पनि स्पष्ट गरिएको छ।

images
images

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या  मन्त्रालयले किशोर–किशोरीलाई लक्ष्य गरेर नेपाल सरकारले फाइजरको ६० लाख मात्रा खोप खरिद गर्ने प्रक्रिया अगाडि बढाएको जनाएको छ।

images
images
images

विश्व बैंकको सहयोगमा फाइजरको ६० लाख मात्रा खोप खरिद गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयारी गरेको र यससम्बन्धी फाइल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउने तयारीमा रहेको मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले जानकारी दिए।

images
images

कोभिड १९ महामारीको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले उच्च प्राथमिकता दिँदै आएको र कोरोनाविरुद्धको खोप अभियान पनि सञ्चालन गर्दै आएको बताउँदै प्रवक्ता डा पौडेलले आज विज्ञप्ति प्रकाशन गरेर खोप खरिद पक्रिया मन्त्रिपरिषद्मा नरोकिएको स्पष्ट गरेका छन्।

images
images

साथै सो विज्ञप्तिमा खोप खरिद प्रक्रिया रोकिएको भन्ने समाचारमा कुनै सत्यता नरहेको पनि स्पष्ट गरिएको छ। रासस 


प्रकाशित : बिहीबार , कात्तिक १८ २०७८११:२२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend