मंगलबार, वैशाख २३ गते २०८२    
मंगलबार, वैशाख २३ २०८२
images
images

चिनियाँ व्यवसायीको एलन मस्क मोह

images
शुक्रबार, कात्तिक २६ २०७८
images
चिनियाँ व्यवसायीको एलन मस्क मोह

चीनमा एलन मस्कको नाममा २ सय ७३ भन्दा बढी कम्पनी दर्ता भएका छन्। यी कम्पनीहरु चीनका विभिन्न प्रान्तमा रहेका छन्।

images
images

काठमाडौं- पछिल्लो समय विश्वको सर्वाधिक चर्चामा रहेको एक कम्पनी टेस्ला हो। टेस्लाले बनाएको विद्युतीय कार आकर्षक मात्र छैन, विश्वभर विद्युतीय कारको मानककै रुपमा समेत स्थापित भएको छ। यही कम्पनी स्थापना गरेर चर्चामा छन् एलन मस्क। 

images
images
images

टेस्लाको सेयरको मूल्य उल्लेख्य रुपमा बढेसँगै यसका मालिक एलन मस्क छोटो समयमा विश्वकै धनी व्यक्ति समेत बनेका छन्। फोर्ब्सले प्रकाशित गर्ने रियल टाइम अर्बपतिहरूको सूचीमा मस्क एक नम्बरमा छन्। 

images
images

bhojpur tihar.jpg

images
images

यी नै अर्बपति एलन मस्क चिनियाँहरूका लागि ब्रान्डका रुपमा स्थापित भएका छन्। सयौं चिनियाँ मध्यम तथा साना उद्योगीहरूले एलन मस्कको नाममा कम्पनी स्थापना गरेका छन्। उनीहरूले एलन मस्कको अग्रेजी नाम वा त्यसको चिनियाँ उल्थामा कम्पनीको नाम राखेको साउथ चाइना मर्निङ पोस्टले लेखेको छ। 

चीनमा एलन मस्कको नाममा २ सय ७३ भन्दा बढी कम्पनी दर्ता भएका छन्। यी कम्पनीहरू चीनका विभिन्न प्रान्तमा रहेका छन्। व्यापार सुरु गर्नेहरूले एलन मस्कको नामलाई नै ट्रेडमाार्कको रुपमा दर्ता गरेर काम थाल्दै आएका हुन्। 

विद्युतीय कार उत्पादन गरेर चर्चा बटुलेको टेस्लाका संस्थापक मस्क पनि चर्चामै छन्। २०१८ मा टेस्लाले चीनमा सवारी उत्पादन गर्न फ्टाक्ट्री स्थापना गरेको थियो। टेस्लाको गिगाफ्याक्ट्री चीनको सांघाईमा रहेको छ। 

चीनमा पहिलो पटक एलन मस्कको नाममा कम्पनी ट्रेडमार्क २०१५ मा झियाङ प्रान्तमा भएको थियो। दक्षिणी चीनको ग्वान्झाउ प्रान्तमा एकटा टेक्सटाइल कम्पनीको नाम एलन मस्क रहेको छ। यो कम्पनीले मस्कको नाम अंग्रेजी र चिनियाँ दुवै भाषामा लेखेको छ। 

त्यस्तै हइनान प्रान्तमा एक साइन्स एन्ड टेक्नोलोजी कम्पनीको नाम ‘इ लोङ म सी के’ राखेको छ। पाँच अक्षरको यो नामको उल्था एलन मस्क नै हुन्छ। 

चीनमा विश्वका चर्चित व्यक्तिहरूको नाममा कम्पनीको ट्रेडमार्क दर्ता भएको पहिलो होइन। अमेरिक राष्ट्रपति बराक ओबामाको नाममा समेत कम्पनी दर्ता भएको थियो। त्यति बेला ओबामाको नाममा २० भन्दा बढी कम्पनी दर्ता भएको थियो।

तर यो पटक एलन मस्कको नाममा चिनियाँ व्यवसायीहरूले ठूलो संख्यामा कम्पनी दर्ता गरेका छन्। मस्कले टेस्लाको फ्याक्ट्री चीनमा स्थापना गरेपछि पनि यो ट्रेन्ड बढेको हो। 


प्रकाशित : शुक्रबार, कात्तिक २६ २०७८०४:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend