आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

मुगुको सोरुमा खाद्यान्न संकट

images
बिहीबार , जेठ ३२ २०८०
images
images
मुगुको सोरुमा खाद्यान्न संकट

सोरु गाउँपालिकाका सबै गाउँमा खाद्यान्न अभाव चुलिएको छ। गत वर्ष असोजको बाढी पहिरोले गहुँ, जौँ  नष्ट हुँदा स्थानीयलाई अनिकालले पिरोलेको हो। घण्टौँ लाइनमा बसेर पनि उनीहरुले चाहेजति चामल पाउन सकेका छैनन्।

images
images

मुगु- मुगुको सोरु गाउँपालिका भीइ गाउँकी कमला नेपाली खाद्यान्न लिन चार घण्टा हिँडेर बुधबार सोरुकोट आइन्। बिहान बेलुका छाक टार्न मुस्किल भएपछि उनी खाद्यान्न लिन सोरुकोट खाद्य डिपो आएकी हुन्।

images
images
images

'घरमा अन्न सकियो, त्यसैले चार घण्टा हिँडेर सोरुकोट चामल लिन आएकी हुँ', नेपालीले भनिन्, 'गाउँमा भोकमरी छ, अनाज किन्न पाइँदैन।'

images
images

नेपाली मात्रै नभई आठ गाउँका बासिन्दा चामल किन्न  सोरुकोट आएका छन्। सोरुकोट डिपोमा पनि पर्याप्त मात्रामा चामल छैन। घण्टौँ लाइनमा बसेर पनि उनीहरुले चाहेजति चामल पाउन सकेका छैनन्। 'भोकभोकै पैतला दुखाएर सोरुकोट खाद्यान्न लिन आएँ', भीइ गाउँकी पानमती डागरले भनिन्, 'एक प्याकेट चामल पाउन पनि सास्ती भयो।'

images
images
images

सोरु गाउँपालिकाका सबै गाउँमा खाद्यान्न अभाव चुलिएको छ। गत वर्ष असोजको बाढी पहिरोले गहुँ, जौँ  नष्ट हुँदा स्थानीयलाई अनिकालले पिरोलेको हो। ज्यालादारी गरी कमाएको पैसा बोकेर स्थानीयवासी चामल खरिद गर्न खाद्य डिपोदेखि व्यापारीको दैलो चहार्न थालेका छन्। केही स्थानीयले खेतबारीमा पाकेको गहुँ र जौँबाटै गर्जो टार्न थालेका छन्।

सोरुकोट खाद्य डिपोमा पनि पर्याप्त चामल नभएकाले गाउँघरमा भोकमरी भएको सोरु गाउँपालिका-३ का वडाध्यक्ष सिंहबहादुर धामीले बताए। सोरुकोट खाद्य डिपोको वार्षिक चामलको कोटा एक हजार पाँच सय क्विन्टल हो। उनीहरुलाई अनुदानको चामल पाउन मुस्किल हुने गरेको छ। 

सोरुकोट खाद्य डिपोमा वार्षिक कोटा नै कम भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिडेटका प्रमुख पुस्कर भामले बताए। 'चामलको कोटा बढाउन काम गर्दै आएका छौँ', उनले भने। रासस


प्रकाशित : बिहीबार , जेठ ३२ २०८००४:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend