आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

हुँदै नभएको वडा तोकेर १० लाख बजेट विनियोजन

images
बुधबार, जेठ ३१ २०८०
images
images
हुँदै नभएको वडा तोकेर १० लाख बजेट विनियोजन

माडीमा अन्तर सरकारी वित्तीय रकम ४७ करोड ५१ लाख रूपैयाँ बजेट आएको छ। ससर्त अनुदान ३० करोड ३६ लाख रूपैयाँ रहेको छ।

images
images

चितवन- माडी नगरपालिकामा नौ वडा मात्रै रहेका छन्। विसं २०७१ मंसिर १६ गते माडी उपत्यकाका चार गाउँविकास समितिलाई समाहित गरेर एउटा नगरपालिका बनाइएको हो।

images
images
images

गर्दी, बघौडा, कल्याणपुर र अध्योध्यापुरी गाउँविकास समितिलाई समाहित गरेर सो नगरपालिका बनाइएको थियो। सुरुवाती समयमा ११ वडा सिफारिस गरिएको भए पनि पछि सरकारले नौ वडा कायम गरेको थियो।

images
images

संघीय सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमा वडा नं १० लाई बजेट विनियोजन गरेको छ। माडी नगरपालिका वडा नम्बर १० तोकेर अर्थ मन्त्रालयले सर्शत अनुदानको बजेट पठाएको नगर प्रमुख ताराकुमारी काजी महतोले जानकारी दिए। उनले भने, 'माडीमा वडा नं १० छँदै छैन तर १० लाख रूपैयाँ बजेट वडा नं १० भनेर छुट्टयाइएको छ।' कार्यक्रम नै तोकेर बजेट विनियोजन गरिएको उनले बताए।

images
images
images

नगरपालिकालाई दिइएको बजेट भएको भए आवश्यकताअनुसार खर्च गर्न सकिने भए पनि तोकेर नै पठाइएपछि के गर्ने भन्ने अन्योलमा परेको उनको भनाइ छ। स्यालोट्युवेल जडानका लागि रकम विनियोजन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले जानकारी दिए।

नगरपालिकामा नयाँ जनप्रतिनिधि आएसँगै पहिलो कार्यपालिका बैठकले माडीको बाँदरझुलालाई वडा नं १० बनाउन संघीय सरकारलाई सिफारिस गरेको छ। संघीय सरकारले निर्णय गरेको भने छैन। उनले भने, 'वडा सिफारिस गरिएको छ, तर निर्णय भइसकेको छैन, तर बजेट विनियोजन भएर आयो।'

अब यो बजेटलाई के गर्ने भन्ने विषयमा संघीय सरकारसँग कार्यान्वयनका क्रममा समन्वय गरिने उनले बताए। बजेट आएको भए पनि वडाको विषयमा आधिकारिक जानकारी नआएको उनको भनाइ छ। 

माडीमा अन्तर सरकारी वित्तीय रकम ४७ करोड ५१ लाख रूपैयाँ बजेट आएको छ। त्यसमध्ये समानीकरण अनुदान १२ करोड १५ लाख, नेपाल सरकारको समानिकरण न्यूनतम अनुदान तीन करोड ५० लाख, समानिकरण सुत्रमा आधारित अनुदान आठ करोड १४ लाख, समानीकरण कार्यसम्पादनमा आधारित अनुदान ५१ लाख रूपैयाँ रहेको छ।

यस्तै ससर्त अनुदान ३० करोड ३६ लाख रूपैयाँ रहेको छ। संघीय सरकारले कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, पुर्वाधार, सामाजिक विकास लगायतका क्षेत्रमा बजेट तोकेर पठाएको छ। विशेष कार्यक्रमअन्तर्गत दुई कार्यक्रम वडा नै तोकेर पठाइएको उनले बताए। रासस


प्रकाशित : बुधबार, जेठ ३१ २०८००९:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend