आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

ललितपुरका सुकुम्बासीलाई जग्गाको निस्सा वितरण

images
बुधबार, जेठ ३१ २०८०
images
images
ललितपुरका सुकुम्बासीलाई जग्गाको निस्सा वितरण

ललितपुरमा ९४ भूमिहीन सुकुम्बासीहरुलाई जग्गाको निस्सा वितरण गरिएको छ।

images
images

पाटन- राष्ट्रिय भूमि आयोग जिल्ला समिति ललितपुरले ९४ भूमिहीन सुकुम्बासीहरुलाई जग्गाको निस्सा वितरण गरेको छ।

images
images
images

आयोग जिल्ला समिति ललितपुरका संयोजक श्रीगोविन्द महर्जनका अनुसार ललितपुरमा पहिलो पटक बागमती गाउँपालिकाका उनीहरुहरुलाई निस्सा वितरण गरिएको हो।

images
images

निस्सा वितरण भएपछि पुर्जा वितरणका लागि आधा काम सम्पन्न भएको मानिन्छ। संयोजक महर्जनले भने, 'अहिलेसम्म चारवटा पालिकामा लागत संकलन सम्पन्न भएको छ। हाल तथ्यांक प्रविष्टको कार्य जारी छ। ललितपुर महानगरपालिका र महालक्ष्मी नगरपालिकाले भने सम्झौतामा नै आनाकानी गरिरहेका छन्।'

images
images
images

राष्ट्रिय भूमि आयोग ललितपुरका सदस्य रमेशप्रसाद घिमिरेले उपलब्ध गराएको तथ्यांकअनुसार ललितपुरमा हालसम्म एक सय सात परिवार भूमिहीन दलित, पाँच सय ४७ भूमिहीन सुकुम्बासी र दुई हजार पाँच सय ४७ अव्यवस्थित बसोबासीहरू गरी तीन हजार दुई सय एकजनाको लागत संकलन भएको छ।

उपलब्ध तथ्यांकअनुसार बागमतीमा २० परिवार भूमिहीन दलित, ७४ परिवार भूमिहीन सुकुम्बासी र एक हजार २१ जना अव्यवस्थित बसोबासी गरी एक हजार एक सय १५ जनाको लागत संकलन भएको छ। यीमध्ये ९४ परिवारलाई निस्सा वितरण गरिएको आयोग जिल्ला समितिका विज्ञ सदस्य प्रतीक तामाङले जानकारी दिए।

सर्वेक्षक विपना ओलीका अनुसार बागमतीमा यही जेठ १६ गते वडा नं ५ इकुडोलबाट सुरु भएको जेठ ३० गते सम्पन्न भएको हो। रासस


प्रकाशित : बुधबार, जेठ ३१ २०८००९:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend