आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

अवरुद्ध भएको १६ घण्टापछि सञ्चालनमा आयो बेनी-जोमसोम सडक

images
बुधबार, जेठ ३१ २०८०
images
images
अवरुद्ध भएको १६ घण्टापछि सञ्चालनमा आयो बेनी-जोमसोम सडक

मंगलबार राति करिब १० बजेदेखि अवरुद्ध बनेको सिधा यातायात आज दिउँसोदेखि सञ्चालन भएको हो।

images
images

बेनी- बेनी-जोमसोम सडकमा झन्डै १६ घण्टापछि सवारी सञ्चालन भएको छ। सडकखण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२ भुरुंगतातोपानीमा रहेको कल्भर्ट पुल मंगलबार रातिको बाढीले बगाएको हो। 

images
images
images

मंगलबार राति करिब १० बजेदेखि अवरुद्ध बनेको सिधा यातायात आज दिउँसोदेखि सञ्चालन भएको अन्नपूर्ण-२ का वडाअध्यक्ष ओम फगामीले जानकारी दिए। उहाँका अनुसार, कल्भर्ट बगाएको ठाउँमा कालीगण्डकी करिडोर सडक आयोजनाले डोजर परिचालन गरेर अस्थायी रुपमा खोलामा सवारी वारपार हुने गरी मर्मत गरेपछि सडकमा यातायात सञ्चालन भएको हो।

images
images

सडक अवरुद्ध बनेपछि बीच बाटोमै रोकिएका सवारी साधन सडक सञ्चालन भएसँगै आफ्नो गन्तव्यतर्फ लागेका छन्। गत जेठ ६ गते रातिको बाढीले भुरुंगतातोपानीमा रहेको तीन मिटर लामो कल्भर्ट पुल भत्काएको थियो। पुल भत्काएपछि ह्युमपाइप राखेर अस्थायीरूपमा खोला वारपार गर्ने संरचना बनाइएको थियो। मंगलबार राति वर्षासँगै आएको बाढीले ह्युमपाइप र वरपरको सडक कटान गरेका थियो।

images
images
images

यसैबीच बाढीले भुरुङतातोपानीबजारमा वितरण हुने खानेपानीको पाइप क्षतविक्षत बनाएपछि यहाँ खानेपानीको हाहाकार भएको छ। करिब ८० घरधुरी रहेको तातोपानीमा खानेपानीको करिब पाँच सय मिटर बढी पाइपलाइन क्षति भएको छ।

गाउँपालिकाले पाइप बगाएको ठाउँमा अर्को पाइपको बन्दोबस्त गर्ने गरी स्थानीयवासी खानेपानीको मर्मतमा जुटेका छन्। बाढीले तातोपानीबाट भुरुङ जाने सडकमा समेत क्षति पुर्‍याएको छ। रासस 


प्रकाशित : बुधबार, जेठ ३१ २०८००९:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend