आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

कैलालीमा हटाउन थालियो मदिरा तथा सुर्तीजन्य पदार्थको प्रचारप्रसारका सामग्री

images
बुधबार, जेठ ३१ २०८०
images
images
कैलालीमा हटाउन थालियो मदिरा तथा सुर्तीजन्य पदार्थको प्रचारप्रसारका सामग्री

मदिरा तथा सुर्तीजन्य पदार्थको प्रचारप्रसार गरे हुने कानूनी कारबाहीका बारेमा समेत सचेत गराइएको छ।

images
images
लम्की- कैलालीको विभिन्न ठाउँमा राखिएका मदिरा तथा सुर्तीजन्य पदार्थको प्रचारप्रसारका सामग्री धमाधम हटाउन थालिएका छन्। सुदूरपश्चिम प्रदेश प्रादेशिक स्वास्थ्य प्रवर्द्धन केन्द्र, कञ्चनपुरले जिल्लाको लम्की, चिसापानी, टीकापुर, बौनिया, सुखड्, साढेपानी, धनगढी, अत्तरियालगायत बजारमा राखिएका प्रचार सामग्री धमाधम हटाउन थालेको हो।
 
स्वास्थ्यको दृष्टिकोणले प्रतिकूल मानिएका मदिरा तथा सुर्तीजन्य पदार्थको प्रचारप्रसार गर्ने रोक लगाउँदै सार्वजनिक स्थान, चोक चौराहा, होटल, पूर्वपश्चिम राजमार्ग छेउमा राखिएका प्रचार सामग्री हटाउन थालेको केन्द्रका प्रमुख हेमराज खड्काले जानकारी दिए। उनले भने, 'हामीले धनगढीबाट सुरु गरेको अभियान जिल्लाका मुख्य मुख्य सहर तथा पूर्वपश्चिम राजमार्गमा राखिएका प्रचार बोर्डहरू हटाउन कर्मचारीको टोली नै परिचालन गरेका छौँ, त्यस्ता सामग्रीको प्रचारप्रसार गर्न नपाइने कानुनी व्यवस्था लागू गर्न आमनागरिकलाई सचेतसमेत गराउँदै आएका छौँ।'
 
कर्मचारीको टोली नै खटाएर बजारका विभिन्न चोक, चौराहा, पसल, होटल तथा सार्वजनिक स्थानमा त्यस्ता सामग्री हटाउँदै मदिरा तथा सुर्तीजन्य पदार्थको प्रचारप्रसार गरे हुने कानूनी कारबाहीका बारेमा सचेत गराइरहेको केन्द्रका प्रमुख खड्काले जानकारी दिए।
 
टोलीले लम्कीमा ३०, चिसपानीमा ७०, टीकापुरमा  ५० गरी अहिलेसम्म जिल्लामा दुई सय बढी होटल, चोक तथा चौराहाबाट त्यस्ता सामग्री हटाएको स्वास्थ्य प्रवर्द्धन केन्द्र कञ्चनपुरका सूचना अधिकृत लालप्रसाद न्यौपानेले बताए। उनले भने, 'पहिलो पटक त्यस्ता सामग्री राखेको पसल, होटल सञ्चालकलाई सम्झाई बुझाई गर्छौं। केही जनाले आफैँ पनि बोर्ड हटाउनु भएको छ। केहीले अटरी पनि गर्ने गरेका छन्। तर स्थानीय जनप्रतिनिधि र प्रशासनको सहयोगमा हटाउने गरेका छौँ।'
 
सुर्तीजन्य पदार्थ नियन्त्रणसम्बन्धी ऐन २०६८, जनस्वास्थ्य ऐन २०७५, प्रदेश जनस्वास्थ्य ऐन २०७६, विज्ञापन बोर्डको परिपत्र र सम्मानित सर्वोच्च अदालतको २०७९ फागुन ११ गतेको अन्तरिम आदेशका आधारमा प्रचार सामग्री हटाउन सुरु गरिएको केन्द्रले जनाएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीले २०७९ साल चैत ४ गते जिल्लाका विभिन्न स्थानमा राखिएका प्रचार सामग्री हटाउन सम्बन्धित निकायलाई निर्देशन दिएको थियो। रासस 


प्रकाशित : बुधबार, जेठ ३१ २०८००८:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend