आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

५४ लाख रूपैयाँ बराबरको सुनसहित मकवानपुरबाट २२ वर्षीय युवक पक्राउ

images
बुधबार, जेठ ३१ २०८०
images
images
५४ लाख रूपैयाँ बराबरको सुनसहित मकवानपुरबाट २२ वर्षीय युवक पक्राउ

जुत्ताको नोकभित्र पाँचसय ६१ दशमलव ३० ग्राम सुन लुकाएर ल्याएको अवस्थामा समातिएको प्रहरीले जनाएको छ।

images
images

मनहरी- मकवानपुर प्रहरीले ५४ लाख रूपैयाँ बराबरको अवैध सुनसहित एक युवकलाई पक्राउ गरेको छ। 

images
images
images

जिल्ला प्रहरी कार्यालयले आज पत्रकार सम्मेलन गर्दै करिब ५४ लाख ४८ हजार रूपैयाँ बराबरको अवैध सुनसहित एक युवकलाई नियन्त्रणमा लिई सार्वजनिक गरेको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौँडा उपमहानगरपालिका-१५ स्थित रातोमाटे चेकपोष्टबाट ती युवकलाई पक्राउ गरेको हो।

images
images

चेकपोष्टमा चेकजाँचका क्रममा हेटौँडा आउँदै गरेको प्रदेश २-०३-००१ ख ०१५९ नम्बरको बसमा उक्त सुनसहित वीरगञ्ज महानगरपालिका-१६ का २२ वर्षीय किसन साहलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक वामदेव गौतमले बताए। साहले जुत्ताको नोकभित्र पाँचसय ६१ दशमलव ३० ग्राम सुन लुकाएर ल्याएको अवस्थामा समातिएको प्रहरीले जनाएको छ। रासस

images
images
images


प्रकाशित : बुधबार, जेठ ३१ २०८००८:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend