काठमाडौं- नेपालको विभिन्न भू-भागमा मनसुन प्रणाली भित्रिएको छ। बैशाख ३१ गतेदेखि नेपालमा मनसुनी प्रणाली आगमन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार नेपालको कोशी प्रदेश, पूर्वी मधेस प्रदेश, बागमती प्रदेशका अधिकांश भू-भाग र गण्डकी प्रदेशका पूर्वी भू-भागमा आजदेखि मनसुन प्रणाली भित्रिएको हो।
नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो। यो वर्ष सरदर मितिभन्दा एक दिन ढिला गरी मनसुन नेपाल भित्रिएको महाशाखाले जनाएको छ। नेपालको अन्य भू-भागहरुमा पनि केही दिनमा क्रमिक रुपमा मनसुन भित्रिने महाशाको भनाइ छ।