आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

फुस्रेटारमा खानेपानीको हाहाकार, तीन सय घरधुरी प्रभावित

images
बुधबार, जेठ ३१ २०८०
images
images
फुस्रेटारमा खानेपानीको हाहाकार, तीन सय घरधुरी प्रभावित

पानीको मुहान पत्ता लागे पनि उपभोक्ताका लागि वितरण गर्न नसक्दा समस्या भएको छ। रिजर्भ ट्यांकीको अभावले आवश्यक पानी संकलन गरी वितरण गर्न नसक्दा यहाँ पानीको हाहाकार भएको हो।

images
images

डुम्रे- तनहुँको भानु नगरपालिकाको करिब एक वडामा नै पानीको अभावमा रहेको छ। पानीको मुहान सुकेपछि यस क्षेत्रमा खानेपानीको अभाव भएको हो।

images
images
images

भानु नगरपालिका-२ फुस्रेटारका तीन सय घरधुरी पानीको अभावमा रहेका छन्। पानीको मुहान पत्ता लागे पनि उपभोक्ताका लागि वितरण गर्न नसक्दा उनीहरुले पानीको अभाव भोग्नुपरेको छ। उक्त क्षेत्रमा तीन सय घरधुरीका करिब एक हजार तीन बढी व्यक्ति प्रभावित भएका छन्।

images
images

पानीको मुहानबाट आएको पानी सञ्चितिका लागि रिजर्भ ट्यांकी नहुँदा यहाँका उपभोक्तालाई समस्या भएको अम्बोटे कालीमाटी बोरिङ खानेपानी उपभोक्ता समितिका अध्यक्ष शिवराज त्रिपाठीले जानकारी दिए। रिजर्भ ट्यांकीको अभावले आवश्यक पानी संकलन गरी वितरण गर्न नसक्दा यहाँ पानीको हाहाकार भएको उनले बताए।

images
images
images

'बोरिङ गरिएको पानी फ्लो भइसकेको छ, रिजर्भ ट्यांकी नहुँदा समस्या भएको छ, एउटा ३० लिटर खपत हुने ट्यांकीमा जम्मा गरिएको पानीले उपभोक्तालाई वितरण गरे पनि पुग्दैन', उनले भने, 'अहिले एक घण्टामा ३० हजार लिटर पानी संकलन हुन्छ, संकलन गरिने ट्यांकी चुहिने हुँदा चुहिएर बाँकी रहेको पाँच हजार लिटर पानी उपभोक्तालाई वितरण गरिन्छ।' उक्त बोरिङ गरिएको पानी सञ्चित गर्न नसक्दा यहाँका बासिन्दाले पानी उपभोग गर्न पाएका छैनन्।

सानो तथा चुहिने ट्यांकीसम्म बोरिङ पानी पुर्‍याउन नगरपालिकाले दुई मिटर पाइप दिएको उनले बताए। सोही पाइपको माध्यमबाट सञ्चित पानी अहिले आधा घण्टासम्म वितरण गरिँदै आएकामा उपभोक्ताले पर्याप्त पानी उपभोग गर्न नपाएको उनको गुनासो छ। 'हामीलाई ९० हजार लिटर पानी अट्ने रिजर्भ ट्यांकी र खानेपानी वितरणका लागि एक हजार मिटर पाइप आवश्यक परेको छ, संघ सरकारसमक्ष माग गरेकामा परेन, प्रदेश सरकारसमक्ष पनि माग राखेका छौँ र आशामा बसेका छौँ, यी सामग्री पाएमा पानी वितरण गरेर खानेपानी समस्या हटाउने प्रयत्नमा रहेका छौँ', अध्यक्ष त्रिपाठीले भने। 

अनुगमन समिति संयोजक भक्तबहादुर कुँवरले पानी निस्किएको र खानेपानी घर-घरमा पुर्‍याउने लक्ष्य लिइएको बताए। 'एक घर, एक धारा अभियान जारी रहेको छ, सम्बन्धित निकायसँग समन्वय गरिरहेका छौँ, यहाँको खानेपानी समस्या समाधान गर्ने पक्षमा रहेका छौँ', उनले भने।

प्रदेशकै दोस्रो उत्कृष्ट पानी यहाँ निस्किएको प्राविधिकले जनाएका छन्। एक सय ६० मिटर गहिराइबाट एक सय २० मिटर गहिराइमा मोटर राखेर पानी तानिएको छ। उक्त पानी वितरणका लागि रिजर्भ ट्यांकी राख्न सकिएमा अन्य बस्तीमा समेत पानी पुर्‍याउन सकिने र यहाँ पानीको अभाव भएको खण्डमा बोरिङको पानीले खेतीपाती गर्न सकिनेछ। यस क्षेत्रका एक हजार तीन सय व्यक्ति लाभान्वित हुनेछन्। 

जनश्रमदानसहित नगरपालिकाको २३ लाख ३४ हजार सात सय २४ रूपैयाँ लागतमा उक्त आयोजना निर्माण सम्पन्न भएको छ। विसं २०७९ फागुन २५ गतेदेखि बोरिङ खानेपानी आयोजना सुरु भएको र विसं २०८० बैशाख ३० मा सम्पन्न गर्ने सम्झौता भएको थियो। उक्त आयोजना एक महिना अगावै सम्पन्न गरी पानी वितरणका लागि अन्य स्रोतसाधन जुटाउन लागिपरेको छ।

स्थानीय लक्ष्मी त्रिपाठीले खानेपानीको समस्याले समयमा काम पूरा गर्नै सकस भएको बताइन्। 'खानेपानी नहुँदा मुलको पानी खोज्न जानुपर्ने हुन्छ, पानीको जोहोमै समय बित्छ, खाना बनाउने, यसले गर्दा यहाँका स्थानीय महिलालाई छोराछोरीलाई विद्यालय समयमा पुर्‍याउनै ढिला हुने गरेको छ', उनले भनिन्।

खानेपानीको समस्याले गृहिणीलाई अझ समस्या थपिदिएको छ। पानीको जोहोसँगै अहिले यहाँका महिलालाई घरको सरसफाइ, बालबालिकालाई विद्यालय पुर्‍याउनमा सास्ती भोग्नुपरेको छ। अम्बोटे कालीमाटी बोरिङ खानेपानी उपभोक्ता समितिलाई वितरण भएमा यहाँका महिलालाई सहज हुनेछ। महिलाले पानीको जोहो गर्ने समय अन्य कार्यमा उपयोग गर्न पाउनेछन्। रासस


प्रकाशित : बुधबार, जेठ ३१ २०८००८:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend