आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

अझै पनि टुकीकै भर...

images
बुधबार, जेठ ३१ २०८०
images
images
अझै पनि टुकीकै भर...

बागलुङमा दुई सय १४ परिवार उज्यालोका लागि टुकीकै भर परेको तथ्यांक छ।

images
images

गलकोट- विद्युत् तथा नवीकरणीय ऊर्जाको पहुँच नपुगेका बागलुङका दुगर्म स्थानका केही घरमा उज्यालोका लागि टुकीकै भर छ। सरकारले आयातीत इन्धनको परिमाणलाई उल्लेख्य रूपमा घटाउने गरी प्रतिव्यक्ति विद्युत् खपत वृद्धि गर्ने लक्ष्य लिए पनि जिल्लाका कतिपय घरमा अझै उज्यालोका लागि टुकीको नै भर पर्नुपर्ने बाध्यता रहेको तथ्यांक सार्वजनिक भएको छ।

images
images
images

राष्ट्रिय जनगणना २०७८ अनुसार बागलुङमा दुई सय १४ परिवार उज्यालोका लागि टुकीकै भर परेको तथ्यांक कार्यालयले जनाएको छ। जिल्लाको दुर्गम स्थानमा अझै केन्द्रीय विद्युत् मात्रै होइन स्थानीय विद्युतसमेत पुग्न नसक्दा उज्यालोको सहारा टुकी रहेको पाइएको छ। हालै सार्वजनिक गरिएको जिल्लाको तथ्यांकअनुसार उज्यालोका लागि टुकीको प्रयोग गर्ने सो संख्याका परिवार रहेको तथ्यांक कार्यालयका प्रमुख चन्द्रकान्त पौडेलले जानकारी दिए।

images
images

पौडेलका अनुसार जिल्लामा धमाधम विद्युतीकरण भए पनि अझै उज्यालोका लागि टुकीकै भर पर्ने परिवारसमेत रहेको पाइएको छ। जनगणनाका क्रममा उज्यालोका लागि प्रयोग गर्ने इन्धनमा नखुलेका चार सय २३ परिवारले समेत गुइँठासहित अन्य घरेलु इन्धनको प्रयोग गर्ने गरेको पाइएको छ।

images
images
images

उनका अनुसार जिल्लामा चार सय २३ परिवार बिजुली, सोलार, बायोग्यास र मट्टितेलको पहुँचभन्दा समेत टाढा छन्। उनले भने, 'उनीहरुले कुनै इन्धन नै प्रयोग नगरेको गणकहरुलाई बताएका छन्, उनीहरु स्थानीय इन्धनको प्रयोग गर्ने र अन्धकारमा बस्ने हुन सक्छन्।'

अहिलेको जनगणनाअनुसार जिल्लाभर ६४ हजार ९६ परिवारको बासोबास छ। त्यसमध्ये ६२ हजार दुई सय २८ परिवारमा बिजुलीको पहुँच छ भने एक हजार दुई सय २० परिवारले सौर्य ऊर्जाको प्रयोग गर्दै आएका छन्। जिल्लाभर जम्मा ११ परिवार बायोग्यासको सहारामा उज्यालो उपभोग गरिरहेको तथ्यांक रहेको छ। जिल्लाको दुर्गम क्षेत्रमा अहिले पनि विद्युतको सर्वसुलभ पहुँच छैन। स्थानीय खोलाको विद्युत्ले जिल्लाको पश्चिम भेग उज्यालो भए पनि विकट गाउँका टोलमा विद्युतको पहुँच पुग्न नसकेको नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रका प्रमुख दिलीप मरासिनीले बताए।

उनका अनुसार जिल्लाको तमानखोला र निसीखोला गाउँपालिकामा विद्युतीकरण विस्तार गर्न थालिएको छ। उनले स्थानीय विद्युतको समेत पहुँच नपुगेको गलकोटको रमुवा, निसीखोलाको निशेलढोर, बडिगाडको सिसाखानी तथा तमानखोलाको नर्जा र खुङ्खानीका केही पातलो बस्ती रहेको बताए।

विद्युत् प्राधिकरणले जिल्लाका सबै स्थानमा विद्युत् पुर्‍याउनका लागि काम गरिरहेको र जिल्लाका १० पालिकामध्ये निसीखोला र तमानखोलामा बल्ल केन्द्रीय प्रसारण लाइन विस्तारको काम थालिएको मरासिनीको भनाइ छ। यस्तै, ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकाका केही वडामा केन्द्रीय विद्युत् पुग्न सकेको छैन।

स्थानीय खोलाबाट उत्पादन गरिएका लघु जलविद्युत् आयोजनाबाट ती पालिकामा विद्युतीकरण गरिएको भए पनि छरिएको बस्तीमा विद्युत् पुग्न नसकेको प्राधिकरणले जनाएको छ। सरकारले आगामी दुई वर्षभित्र शतप्रतिशत जनसंख्या विद्युतको पहुँचमा पुर्‍याउने गरी राष्ट्रिय प्रसारण लाइन नपुगेका दुर्गम क्षेत्रका घरधुरीमा लघु तथा साना जलविद्युत् र सौर्य तथा वायु जस्ता नवीकरणीय ऊर्जा प्रविधिको विस्तार गरिने आगामी वर्षको बजेट तथा नीति कार्यक्रममा समेटिएको छ। रासस


प्रकाशित : बुधबार, जेठ ३१ २०८००७:५४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend