आइतबार, जेठ २५ गते २०८२    
आइतबार, जेठ २५ २०८२
images
images

पयर्टन प्रवर्द्धनमा मादी गाउँपालिकाको जोड, घोडा किन्न अनुदान दिने तयारी

images
बुधबार, जेठ ३१ २०८०
images
images
पयर्टन प्रवर्द्धनमा मादी गाउँपालिकाको जोड, घोडा किन्न अनुदान दिने तयारी

घोडा खरिद गर्न इच्छुक वडाभित्रका पर्यटन व्यवसायीलाई वडा कार्यालयमा सम्पर्क गर्न सूचना गरिएको छ।

images
images

कास्की- कास्कीको मादी गाउँपालिकाले पयर्टन प्रवर्द्धनका लागि घोडा खरिद गर्न अनुदान दिने भएको छ।

images
images
images

हिमाली भेगमा घुम्न जाने पर्यटकको सहजताका लागि घोडा खरिदमा अनुदान दिन लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए।

images
images

'अहिले दररेट माग गर्ने काम भइरहेको छ। हुम्ला, जुम्ला, मनाङ र मुस्ताङका व्यावसायीले दररेट हाल्नुहोला, त्यसपछि लागत साझेदारीका आधारमा पर्यटन व्यवसायीले आधा मूल्य तीर्नेगरी घोडा खरिद गर्न दिने हो', उनले भने।

images
images
images

यस गाउँपालिकाको विशेषगरी वडा-१ र २ को हिमाली भेगमा पयर्टक पुगे पनि अहिलेसम्म मोटर बाटो नपुगेकाले घुम्नका लागि घोडा उपयुक्त रहेको मादी-१ का वडाध्यक्ष देवीजंग गुरुङले बताए।

'यहाँको सिक्लेस, ताङ्तिङ्, क्हपुचे ताल, कोरी, क्रपुडाँडा पुग्ने पर्यटकलाई हिँड्न समस्या हुन्छ। हाम्रो वडामा गाडी पुग्न बाँकी धेरै पर्यटकीय क्षेत्र छन्', उनले भने, 'बाटोको अभावमा हिँड्न नसक्ने पर्यटकले दुःख पाइरहेका छन्। उनीहरूका लागि घोडा खरिद गर्न सकियो भने राम्रो हुन्छ।'

घोडा खरिद गर्न इच्छुक वडाभित्रका पर्यटन व्यवसायीलाई वडा कार्यालयमा सम्पर्क गर्न सूचना गरिएको छ। रासस 


प्रकाशित : बुधबार, जेठ ३१ २०८००७:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend